हुम्लाको ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटिए

नेपालचेक समाचारदाता आइतबार, बैशाख २५, २०७९

सिमकोट । स्थानिय तहको निर्वाचन हुन अव ५ दिन बाँकी रहेको छ । जिल्लामा रहेका ५४ वटा मतदान केन्द्रका लागि २५४ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । शनिबारसम्म ३४ वटा मतदान अधिकृतले मतपत्र सहितका सामाग्राी बुझिलिएको निर्वाचन कार्यालय हुम्लाका सूचना अधिकारी श्याम बहादुर रानाले बताउनुभयो । आज आइतबार २० वटाले मतपत्र, मतपेटीका लगायतका सामाग्री बुझि लिने भएको सूचना अधिकारी रानाले बताउनुभयो ।

५ सय भन्दा कम मतदाता भएको केन्द्रमा ४ जना र ५ सय भन्दा वढी मतदाता भएको मतदान केन्द्रमा ५ जना कर्मचारी खटिएको बताइएको छ । १६ वटा मतदान केन्द्रमा पाँच सय भन्दा मुनि रहेका छन् भने ३८ वटा मतदान केन्द्रमा पाँच सयभन्दा माथि मतदाताको संख्या रहेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ । जिल्लाका ५४ वटा मतदान केन्द्रमा ३ जना स्थानीय स्वयम सेवक समेत परीचालन गरिएको सूचना अधिकारी रानाले बताउनुभयो । कार्यालय सहयोगी ५४, मतदान अधिकृत ५४, सहायक मतदान अधिकृत ५४ जना र ९२ जना सहयाक कर्मचारी खटिएको उहाँले बताउनुभयो ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीका साथै प्रहरी समेत खटिएका छन् । सदरमुकाम भन्दा टाढा टाढा रहेको मतादन केन्द्रमा खटिएका कर्मचारी यस अघि नै त्यस तर्फ लागि सकेका छन् भने नजिकमा रहेका मतदान केन्द्रमा आजबाट खटिने भएका छन् । जिल्लाको विभिन्न स्थानमा रहेका मतदान केन्द्रमा सिमकोटबाट पुग्न तीन देखि चारदिन सम्मको पैदल लाग्ने गर्दछ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]