सिमकोट गाउँपालिकाको मतगणना सुरु

नेपालचेक समाचारदाता शनिबार, बैशाख ३१, २०७९

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाको मतगणना कार्य अहिले साँझ ६ बजेबाट सुरु भएको छ । वडा १ देखि ८ सम्म रहेको सिमकोट गाउँपालिकामा शुक्रबार नै मतपेटिका पुगेको भएपनि दिउँसो ढिला गरि सर्वदलीय बैठक बसेर साँझबाट मतगणना गर्ने कार्य शुरु भएको हो ।

सिमकोट गाउँपालिका वडा १ बाट मतगणना सुरु भएको जानकारी प्राप्त भएको छ । वडा १ मा मतदाता संख्या ६३२ रहेकोमा ६०१ मत खसेको थियो । वडा १ बाट सुरु भएर ८ सम्मको मतगणना गरेर सकिने भएको मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेलले जानकारी दिनुभयो ।

सिमकोट गाउँपालिकामा ५,३४७ मत खसेको थियो । यस्तै वडा १ मा वडाध्यक्ष निर्विरोध निर्वाचीत भएका हुन भने दलित महिला सदस्य समेत निर्विरोध निर्वाचित भएका हुन । वडाध्यक्षमा गोर्ख लामा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै वडा १ मा तीन जना सदस्यको लागि मात्रै मतदान भएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]