सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार विजय भण्डारी (प्रतिरोध) एक हजार पाँच सय ८६ मतले अग्रता लिनुभएको छ । गाउँपालिका अध्यक्षका लागि माओवादी, एमाले, राप्रपा चुवानी मैदानमा उत्रिएका छन् । सिमकोट वडा १ देखि सम्मको मतगणना सम्पन्न भएको छ । एमालेका पालिका अध्यक्षका उम्मेदवार महेन्द्र बहादुर शाही (हविराम) ले सात सय ९३, राप्रपाको हलो चिन्हले २८ मत प्राप्त गरेको छ ।
यस्तै उपाध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका सुशिला रोकायाले रुख चिन्हबाट एक हजार नौ सय २१, एमालेको उपाध्यक्ष उम्मेदवार प्रतिमा लामा सूर्य चिन्हबाट एक हजार ४४ मत प्राप्त गर्नु भएको छ भने राप्रपाको हलो चिन्हबाट ३३, स्वतन्त्र खरायो चिन्हका उपाध्यक्षका उम्मेदवारले एक सय दुई मत प्राप्त गरेका छन् । सिमकोट गाउँपालिकामा एक देखि आठसम्म वडा रहेका छन् । अब वडा नम्बर सात र आठको मतगणना हुन बाँकी रहेको छ । हुम्लामा नेपाली कांग्रेस र माओवादीको मात्रै गठनबन्धन भएको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।
यसै गरी गठनबन्धबाट सिमकोट वडा नम्बर १ र ४ मा नेपाली कांग्रेसबाट निर्विरोध निर्वाचती भएका छन् । जसमा वडा १ मा गोरख लामा, ४ प्रताप लामा निर्विरोध भएका हुन् । भने वडा २ मा नेपाली कांग्रेसका देवजङ बोहरा, ३ मा नेकपा माओवादी केन्द्रका पामा लामा, वडा ५ मा नेकपा एमालेका चीन रावत र वडा ६ मा नेकपा माओवादी केन्द्रका नन्द रावत निर्वाचती भएका छन् ।
अहिले वडा ७ को मतगणना भइरहेको छ भने त्यसपछि वडा ८ को हनुने भएको छ ।