सिमकोट ६ मा माओवादीका नन्द रावत वडाध्यक्ष निर्वाचित

नेपालचेक समाचारदाता मंगलबार, जेठ ०३, २०७९

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ मा गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नन्द रावत वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्षसहित चार जना सदस्य पनि गठबन्धनकै निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार सिमकोट–६ को वडा अध्यक्षमा रावतसहित चार जना सदस्य निर्वाचित भएका छन् ।

रावतले १ सय ५३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वडाध्यक्ष पदका उम्मेदवार डबले रोकायाले १ सय २ मत ल्याएका थिए ।

त्यसैगरी, ०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजेता जयचन्द्र रोकाया स्वतन्त्र उम्मेदवारका रूपमा खडा भएका थिए । उनले ६५ मत प्राप्त गरेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]