सिमकोट । अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकाया (सुधार) निर्वाचति भएका छन् ।
अहिले (बुधबार) बिहान सकिएको मत गणनामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति सिंह बिजयी भएका हुन् । सिंहले १९६८ मत ल्याएर बीजयी भएका छन भने निर्वतमान अध्यक्ष फडेराले १३२९ मत ल्याएको मतदान अधिकृत यम प्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटि सदस्य कर्ण रोकाया (सुधार)ले १९९६ मत ल्याएर बीजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेस बिद्रोही उम्मेरदवार (स्वतन्त्र) लोकेन्द्र भण्डारीले १००६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेको गढ भनेर चिनिएको अदानचुलीमा पहिलो पटक एमाले पराजित भएको हो । जिल्लाकै निकै चासोका रुपमा हेरिएको अदानचुलीमा एमालेका केन्द्रीय सदस्य समेत रहेका निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले गठबन्धनबाट पराजित भएका छन् ।
६ वटा वडा भएको गाउँपालिकामा ४ वडामा माओवादीका उम्मेरदवारले वडा अध्यक्ष बीजयी भएका छन् भने नेकपा एमाले र एकीककृत समाजवादीले एकएक वडामा उम्मेरदवार बीजयी भनेका छन् ।
माअोवदी केन्द्रको तर्फबाट वडा नम्बर १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषी पाष्डे, ६ मा वृखबहादुर बुढाको प्यानल बीजयी भएको छ भने वडा नम्बर १ मा नेकपा एमालेका नन्द महताराको प्यानल बीजयी भएको छ । यसैगरी गठबन्धनमा संलग्न एकीकृत समाजवादीकातर्फबाट वडा नम्बर ५ मा कमल छत्यालको गठबन्धनको प्यानल बीजयी भएका छन् । यसैगरी वडा नम्बर ६ मा माओवादी केन्द्रबा वृखबहादुर बुढाको प्यानल बीजयी भएका छन् ।