घरको छतबाट लडेर गम्भीर घाइते विरामीको हेलिकोप्टरमार्फत उद्धार

नेपालचेक समाचारदाता बुधबार, जेठ ०४, २०७९

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा छतबाट लडेर खस्त घाइते विरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । खार्पुनाथ गाउँपालिका–२ थालीका १६ वर्षिय बास्मती रावलको गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टरमाफर्त उद्धार गरेर जिल्ला अस्पताल सिमकोटमा ल्याइएको हो । घरको छतबाट लडेर सख्त घाइते रावलको उद्धार लग्गतै जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको अस्पतालका सिनियर अनमी सरीता बोहराले जानकारी दिनुभयो । छतबाट लडेर स्वास्थ्य चौकीमा उपचार गर्दा होस नआएपछि थप उपचारका लागि ती बालिकालाई बुधबार हेलिकोप्टरबाट जिल्ला अस्पतालमा ल्याइएको सिनियर अनमी बोहराले बताउनुभयो । बालिकाको टाउका शरीरमा चोट लाग्नुका साथै अवस्था गम्भीर रहेको जिल्ला अस्पताल हुम्ला श्रोतले जानकारी दिएको छ । अस्पतालमा अक्सिजन दिएर उपचार भइरहेको जनाइएको छ । घरको छतबाट रावल एक्कासि लडेकी रावलको उपचार भइरहे पनि राम्रो सँग होस भने आएको छैन ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]