हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार शाही विजयी

नेपालचेक समाचारदाता शुक्रबार, जेठ ०६, २०७९

सिमकोट । हुम्लाको चंखेली गाउँपालिकामा बागि उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन । ५२३ मतको अन्तरले माओवादी केन्दका गठबन्धनका उम्मेदवार गोविन्दबहादुर शाहीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका हुन । स्वतन्त्र उम्मेदवार शाहीले १ हजार ६९५ मत ल्याउनुभयो । उहाँ नेपाली कांग्रस निकटका हुन् ।

उनका निकटतम प्रतिस्पर्धि गठबन्धनबाट माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार १७१ मत प्राप्त गरेका छन । माओवादी केन्द्र र काँगेस बिच तालमेल थियो ।

उता काँग्रेसबाट रूष्ट स्वतन्त्र प्यारीलाल शाहीको नेकपा एमाले , एकीकत समाजवादी बिच तालमेल रहेको थियो । उपाध्यक्ष एकीकत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन । १९९ मतको अन्तर गर्दै शाही विजयी भएकी छन । १ हजार ३७२ मत शाहीको छ । भने गठबन्धन काँग्रेसकी मैना बुढा १ हजार १७३ मत ल्याएकी छन ।

चंखेली गाउँपालिका वडा –१ मा वडाध्यक्ष एमालेका गोविन्द बोहरा, वडा नम्वर– २ मा काँग्रेसका विर्ख सिंह,वडा नम्बर –३ मा माओवादी केन्द्रका भारमल बुढा,वडा नम्बर – ४ स्वतन्त्र पदमबहादुर शाही,वडा नम्बर – ५ मा स्वतन्त्र हर्कधन तामाङ ,वडा नम्बर –६ मा स्वतन्त्र जयबहादुर सिरा विजयी भएका छन ।

हुम्लाको सात गाउँपालिका मध्ये तीन पालिका काँग्रेसको भाग र चार पालिका माओवादी केन्द्रको भागमा परेको थियोे । तर माओवादी केन्द्रले आफ्नो भागमा परेको सबै पालिका हत्याउन सकेनन । माओवादी केन्द्रकै गड मानिएको चंखेली गाउँपालिका स्वतन्त्रले हत्याएको छ । ताजाँकोट,नाम्खा,सिमकोट माओवादी केन्द्रले अध्यक्ष विजयी छन । भने अदानचुली,सर्केगाड,खार्पुनाथमा उपाध्यक्षमा चित बुझाउन बाध्य छन । यस्तै गरि नेपाली काँग्रेसले अदानचुली,सर्केगाड,खार्पुनाथ गाउँपालिकामा अध्यक्ष विजयी भएका छन । ताजाकोट,सिमकोट,नाम्खामा उपाध्यक्ष विजयी भएका छन ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]