हुम्ला अस्पतालमा बढे विरामी 

नेपालचेक समाचारदाता बिहिबार, जेठ १२, २०७९

सिमकोट । हुम्लाको एक मात्रै जिल्ला अस्पताल सिमकोटमा पछिल्लो समय केही दिन यता झाडापखालाका विरामी बढेका छन् । एक साता यता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ । उपचारका लागी आउने यि विरामी मध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
सिमकोट गाउँपालिका र सदरमुकामवासी सहित आसपासका क्षेत्रबाट उपचारका लागी बालबालिका, वृद्धवृद्धाका साथै अन्य नागरीक दैनिक संख्या उच्च रहेको जानकारी प्राप्त भएको छ । मौसम परिवर्तनका साथै पछिल्लो सयम जिल्लामा काचा फलफुल खानेसमय भएकाले विरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले बताएकोम छ ।

निमोनियाका विरामी उपचारका लागी बढी आउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । निमोनियाका साथै ज्वरो आउने, स्वासप्रस्वासमा समस्या बढी भएका विरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको बोहराले जानकारी दिनुभयो ।

१५ शैया रहेको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयता बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पछि १३ जना बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको सिनियर अनमी बोहराले बताउनुभयो ।

अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वास प्रस्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ ।

बिरामी बालबालिका तीन वर्ष मुनीका रहेका छन् । भने सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको उहाँले बताउनुभयो । बिरामी बालबालिका बढेपछि अस्पतालका शैयाहरु बिरामी र कुुरुवा आमाले भरि भराउ भएका छन् ।

यस्तै जिल्ला अस्पतालमा उपचार हुन नसकेका विभिन्न किसिमका पाँच जना जटिल विरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जानकारी प्राप्त भएको छ । जिल्ला अस्पतालबाट जिलला बाहिर थप उपचारका लागि रिफर भएका विरामीले उहिदिनमा जहाजको टिकट नपाएर पछिल्लो दिनमा जाने गरेका छन् । भने अधिकांस रिफर भएका विरामीले समयमै टिकट नपाउने गरेको गुनासो समेत गरेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]