सिमकोट । हुम्लाको एक मात्रै अन्तरजिल्ला जोड्ने हवाई सेवा नियमीत नहुँदा निर्माण सामाग्री ढुवानी ठप्प भएको छ । निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट उडान नभर्दा सिजनको समयमा ठेकेदार कम्पनीलाई काम गर्न थप समस्या बनाएको छ ।
सिमकोटमा निर्माणका सामग्री र दैनिक उपभोग्य सामानहरुको ढुवानी नभएपछि तत्काल समस्या समाधानका लागि पहल गरिदिन सिमकोट गाउँपालिकालाई हुम्ला निर्माण व्यावसाय संघले आग्रह समेत गरेको छ ।
एक मात्र हवाई मार्ग भएकोले ४ महिना देखि जहाज नचलेकोले निर्माणका सामग्री र दैनिक उपभोग्य सामानहरुको ढुवानी हुन नसकेको हो । असारमशान्त नजिकै आउन लाग्दा निर्माण सम्पन्न हुन लागेका योजनाहरु समस्यामा परेको हुम्ला निमार्ण व्यवसायी संघका सचिव बुद्ध रोकायाले बताउनुभयो । हुम्ला निमार्ण व्यवसायी संघले जिल्ला भित्र सञ्चालन भएका निमार्ण कार्यहरु निर्माण व्यावसायीहरुको काबुमा बाहिरिको परिस्थितीले गर्दा समयमै सम्पन्न नहुने देखिएकोले आयोजनाका समस्या बुझी सम्बन्धित निकायामा पहल गरिदिन सिमकोट गाउँपालिका लाई आग्रह गरेको छ ।
सिमकोट गाउँपालिकामा अत्यावश्यक निर्माण सामग्री समयमै ढुवानी हुन नसक्दा निर्माणका कामहरु रोकिएको छ । असारभित्रै सम्पन्न हुने लक्ष्य लिएका दर्जनौँ योजनाको कामहरु जहाजले निर्माण सामग्री ढुवानी नगरेपछि निमार्ण व्यवसायीलाई काममा बाधा पुगेको गुनासो गरेका छन् ।
नेपालगन्ज र सुर्खेतमा रोकिएका निमार्ण सामग्रहीहरु जहाज बाट सिमकोटमा भित्रयाउन कोसिस गरे पनि सबै प्राइभेट कम्पनीका जहाजहरु पुर्वमा उडान भरेपछि समस्या भएको हो । नेपालगन्ज र सुर्खेतबाट आयात गर्नुपर्ने निमार्णका सामग्रीहरु ल्याउन नसक्दा अधिकांश योजनाका काम प्रभावित भएका छन । शहिरिय क्षेत्रमा पाउने सिमेन्ट, छड, सिचाईका पाइप लगायतका सामग्रीहरु ढुवानी हुन नसकेपछि अब छ ६ महिना पछि धकेलिने छ ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा हुम्लामा महँगो भाडा तिरेर जहाजमार्फत निर्माणका सामग्री र दैनिक उपभोग्य सामानाहरुको ओसार्नुपर्ने बाध्यता छ ।