राष्ट्रपति रनिङ शिल्डमा मानसरोवर मावि प्रथम

नेपालचेक समाचारदाता मंगलबार, आषाढ ०७, २०७९

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगतीमा मानसरोवर माधयामिक विद्यालय प्रथम भएको हो । सिमकोट गाउँपालिकामा रहेका सातवटा मावि विचभएको उक्त प्रतियोगितामा मानसरोवर माध्यामिक विद्यालय प्रथम भएको हो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि पहिलो भएको हो भने दोस्रो बालमन्दिर माध्यामिक विद्यालय भएको हो । मानसरोवर माविले राष्ट्रपति रनिङ शिल्ड र भलिवल गरि दुुवै शिल्डमा विजेता भएको सोही विद्यालयका प्रधानध्यापक अमर बहादुर शाहीले बताउनुभयो ।

तेस्रो पटक भएको २०७९ पदकका लागि मानसरोवर माध्यामिक विद्यालयले स्वर्ण १०, रजत ७, काश्य १० जितेर प्रथम स्थान हासिल गर्न सफल भएको हो । भने दोस्रोमा बालमन्दिर माध्यामिक विद्यालय स्वर्ण ८, रजत ११, काश्य ५ ल्याउन सफल भएको हो भने यस्तै तेस्रो कैलाश माविले स्वर्ण ४, रजत ३, काश्य ४ ल्याएर तेस्रो स्थानमा आएको आयोजक विद्यालय तथा मानसरोवर माथ्यमिक विद्यालयका प्रधानध्यापक शाहीले बताउनुभयो । यस्तै क्रमश कर्णाली मावि स्वर्ण २,रजत ३, काश्य ३, शैपाल मावि स्वर्ण १, रजत १, काशय २, रामदेव मावि स्वर्ण १, रजत शून्य, काश्य २ र सातौं स्थानमा आउने रलिङ मावि स्वर्ण शून्य, रजत १ र काश्य १ ल्याएको थियो ।

पहिलो हुने मानसरोवरले छात्र तथा छात्रातर्फ गरि ८६ अङ्क, दोस्रो बाल मन्दिरले ८१ अङ्क र तेस्रो हुने कैलाश माविले ३५ अङ्क प्राप्त गरेको थियो । पहिलो, दोस्रो तथा तेस्रो हुने विद्यालयलाई नगद पन्ध्र हजार, १२ हजार र नौ हजार नगद प्रदान गरिएको थियो । सिमकोटमा सातओटा माविबिच प्रतिस्पर्धा भएको थियो ।

यस्तै यता खार्पुनाथ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सीता मावि पहिलो भएको हो । पाँच वटा माविबिच भएको उक्त प्रतियोगितामा सीता मावि पहिलो भएको हो ।

यसवर्ष सहित सीता माविले तीन वर्ष लगातार उक्त प्रतियोगिता जितेर शिल्ड पचाएको विद्यालयका प्रधानाध्यापक जुनराज हमालले बताउनुभयो । उक्त विद्यालयले कुल ५६ अंक ल्याएर पहिलो भएको हो भने ३१ अंक सहित हुुम्ला मावि द्धितीया र २९ अंक सहित मान्धारा मावि तृतीय भएको हो । विजेता दुुवै विद्यालयका खेलाडीहरुलाई कप, पदक र प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]