मौरीपालनका अवसर र चुनौतीका विषयक कार्यक्रम सम्पन्न

नेपालचेक समाचारदाता बिहिबार, आषाढ ०९, २०७९

सिमकोट । मौरी व्यवसाय गर्दैै आएका किसान तथा सरोकारवाला निकायसँग मौरीपालनका अवसर र चुनौतीका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय हुम्लाको आर्थिक सहयोगमा एर्पोट चोकमा रहेको हुम्लारिर्पोटमा मौरीपालनका अवसर र चुनौतीका विषयक कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो समय हुम्लाका किसानमा मौरी व्यवसायमा घट्दै गएको जागरलाई व्यवसायीरुपमा आर्कषित गरेर बढाउनुपर्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख बखत खड्काले बताउनुभयो । मौरीपलनको व्यवसायबाट मह उत्पादन राम्रो हुने र आम्दानी समेत राम्रो हुने उहाँले बताउनुभयो ।

पछिल्लो केही वर्षयता कमी आएको मह उत्पादनलाई बढोतरी दिनुपर्ने कार्यालयका प्रमुख खड्काले बताउनुभयो । मौरीपालन व्यवसायको मह उत्पादनबाट किसानले राम्रो आम्दानी गर्ने उहाँको भनाई थियो । जिल्लाका किसानले व्यवसायीरुपमा लागि परेपछि कृषि विकास कार्यालय करोडौं लगानी गर्न सक्ने उहाँको भनाई थियो । करोडौं लगानीबाट यहाँका किसान व्यवसायीरुपमा लागेपछि अरौबौंको आम्दानी गर्न सक्ने उहाँको भनाई थियो । हुम्लामा घरेलु सिपबाट बनेको मुडेघारसँगै आधुनीक घारमा समेत मौरीपालन गर्नुपर्ने प्रमुख खड्काको भनाई थियो । मौरीपालनमा यहाँका किसानले चरन क्षेत्र, विषादी निरुसायिद बनाउनु पर्ने उहाँको भनाई थियो । गुणस्तर बजारीकरणमा लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने सरोकारवाला निकायको भनाई थियो ।

मौरीपालनसँगै मह उत्पादनमा ह्रास आउनुमा यहाँका युवा पुस्ताको अल्छिपना देखिएको हो । जसमध्ये प्रमुख कारण भनेको पछिल्लो समय कृषिमा प्रयोग हुने आधुनिक उपकरण र विषादी रहेको हो । विषादीयुक्त बालीबाट मौरीले फूलको रस लिदा मौररीको मृत्यु हुने, रोगी हुने समस्याले गर्दा मह उत्पादन घट्ने गरेको प्रमुख खड्काको भनाई थियो । मह उत्पादनमा यहाँका किसान लागि परे राम्रो आम्दानीका साथै रोजगारी समेत पाउने उहाँको भनाई थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]