सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्ष २०७८।७९ को साल्तमाम सकिन लाग्दा सरकारी तथा यहाँका स्थानीय तहमा असारे विकासको चटाराले छोएको छ । साल्तमाम सकिन दुई साता मात्रै बाँकी रहेका बेला जिल्लामा असारे विकाससँगै जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय दैनिक दिन भुक्तानी दिन दिनभर व्यस्त देखिएका छन् ।
अन्य महिना शुक्रबारमा समेत राम्रोसँग कार्यालयको काममा ध्यान नदिएका जिल्लाका सरकारी कार्यालयका अधिकारहरुलाई पछिल्लो समय सार्वजनिक विदाको दिनपनि कार्यालयको काम गर्न भ्याई नभ्याई भएको छ ।
यस्तै जिल्लाका सरकारी कार्यालयका अधिकारीहरुलाई स्थलगत अनुगमनको चटारो शुरु भएको छ । वर्षको ११ महिना काममा नतातिने सरकारी कार्यालयहरुले जेठयता बढाएको योजनाको कामको एक पक्षिय र बहुपक्षिय अनुगमनका नाममा केहि दिनयता गाउँ आवतजावतको चटारो शुरु भएको हो ।
बुधबार कर्णाली प्रदेश सरकारले प्रदेशका जुम्लाबाहेकका ९ जिल्लालार्य सावजनिक विदा दियो । विदाको अवसर पारेर प्रमुख जिल्ला अधिकारी सिता परियार, प्रहरी प्रमुख लगायतका जिल्लाका उच्च सरकारी अधिकारी खानेपानी, उर्जा तथा जलस्रोतलगायतका सरकारी कार्यालयबाट शुरु भएका योजनाहरुको संयुक्त अनुगमन गर्न सिमकोट गाउँपालिकाको डाँडाफया क्षेत्र पुगेको थियो ।
विकासे कामको अनुगमनमा जिल्ला सुरक्षा अधिकारी सहितको टोलीको समेत पछिल्ला केहि साता बढेको आउजाउले यो वर्ष पनि असारे विकासको चटारो हुम्लामा पुनः शुरु भएको टिप्पणी शुरु हुन थालेको छ ।
योजनाहरुको पेस्कीको फस्र्योट र अन्तिम किस्ताको भुक्तानीका लागि तेस्रो पक्षिय अनुगमन तथा मुल्यांका गर्न अख्तियारको कार्यक्षेत्र समेत लिएका सुरक्षा अधिकारीको टोलीलाई सरकारी कार्यालयले अनुगमनका लागि गाउँमा लिन शुरु गरेका छन् । वर्षका ११ महिना विकासे काममा सुस्त हुने जिल्लाका सरकारी कार्यालय साल्तमामको अन्तमा मात्रै हतारले काम गर्दा बजेट अनुसारको अपेक्षाकृत विकास हुन नसकेको गुनासो वर्षेनी आउने भएपनि त्यसको सुनुवाई नहुँदा असारको दोस्रो र तेस्रो साता जिल्लाका अधिकांश कार्यालयको विकासे खर्च चौबर बढ्ने गरेको छ ।
असारे विकासले हुम्लामा प्रति व्यक्ति विकासको खर्च बढेपनि उपलब्धी सुन्य हुने गरेको हुम्लामा यो वर्षपनि विगतकै नियती दोहोरिने प्राय निश्चित जस्तै देखिएको गुनाशो बढ्न थालेको छ ।