माओवादीकाे बैठक : मनोनितको जिम्मा प्रचण्डलाई

नेपालचेक समाचारदाता आइतबार, आषाढ १९, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भरखरै सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरू भएको सो बैठक पनि केवल औपचारिकताका लागि मात्र बस्न लागेको गुनासो एक नेताले गरे ।

बैठकमा पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठनको कार्यसूचीसमेत राखिएको भएपनि आजको बैठकले त्यसाको टुंगो लगाउने संभावना नरहेको बताइएको छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकबाट यी सबै आधिकार आफूमा प्रत्यायोजन गरेको निर्णय गराउने सम्भावना बलियो रहेको बताइएको छ ।

गत मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनमा प्रचण्ड अध्यक्ष निर्वाचित भएका थिए भने हलबाट केन्द्रीय कमिटीको घोषणा गरिएको थियो ।

तर, पार्टीको उच्च नेतृत्वका रूपमा रहेका स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको अहिलेसम्म गठन हुन सकेको छैन । आजबाट सुरू केन्द्रीय समिति बैठकको कार्यसूचीमा भए पनि पदाधिकारी छनोट हुने निश्चित नरहेको नेताहरूले बताएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]