तेस्रो पक्ष अनुगमनबाट आएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता

नेपालचेक समाचारदाता बिहिबार, आषाढ २३, २०७९

सिमकोट। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा सम्पादन गरिएका गतिविधिहरूको तेस्रो पक्षद्वारा गरिएको अनुगमनबाट आएका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तेस्रो पक्षबाट भएको अनुगमनको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उनीहरूले सो प्रतिबद्धता जनाएका हुन्।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गाउँपालिकाका पाँचवटै वडाहरूमा तेस्रो पक्षले अनुगमन गरेर बुझाएको प्रतिवेदनमा आएका सुझाव र सल्लाहलाई आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाले १३ वटै स्वास्थ्य संस्थाले गरेका गतिविधिहरूको स्थलगत रूपमा तेस्रो पक्षबाट अनुगमन गराएको थियो।

तेस्रो पक्षद्वारा गरिएको अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने, आर्थिक अधिकारसहित स्वास्थ्य संस्थाहरूलाई जिम्मेवारी सुम्पनु पर्ने, स्वास्थ्य शाखालाई जिम्मेवारी बनाउन सिफारिस अनिवार्य, स्वास्थ्य संस्थाहरूमा विद्युतकाे समस्या, इन्टरनेट नभएको, खानेपानीको समस्या, स्वास्थ्य बिमाको निरन्तरता, जनप्रतिनिधिबाट अनुगमन अनिवार्य, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको हाजिरी प्रमाणित जनप्रतिनिधिबाट, गाउँघर क्लिनिक प्रभावकारी, साम र माम कार्यक्रम सञ्चालन गर्नुपर्ने, गर्भवतीका लागि भिडियो एक्सरे (युएसपी सेवा), घरदैलो सेवालाई पुन:सञ्चालन, खर्कमा शिविर सञ्चालन, शनिवार स्वास्थ्य संस्थालाई सुचारु गर्ने कार्यक्रम पुन: सञ्चालन हुनुपर्ने सुझाव दिइएको छ।

त्यसैगरी, प्रतिवेदनमा बच्चाहरूको पोषण अवस्थाको लेखाजोजालाई निरन्तरता दिनु पर्ने, गाउँपालिकाका २२ बस्तीमध्ये १० बस्तीकी सुत्केरी व्यथा लागेकी महिला सुरक्षित सुत्केरी सेवाबाट बन्चित हुने गरेको, धामीझाँक्रीलाई सामाजिक कुरीतिविरुद्ध परिचालन गर्नुपर्ने, दीर्घरोगीलाई निशुल्क औषधी सहयोग कार्यक्रमलाई निरन्तरता दिनुपर्न लगायतका कुरा उल्लेख गरिएको छ।

यी सुझावलाई कार्यान्वय गर्ने प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले व्यक्त गरे।

कार्यक्रममा उपाध्यक्ष भरत शाही, कार्यपालिकाका सदस्य लगाएको उपस्थिति रहेको थियो। तेस्रो पक्षबाट अनुमगन पत्रकार महासंघका अध्यक्ष राजन रावत नेतृत्वको पत्रकारको टोलीले गरेको थियो।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]