अझै हट्न सकेन तुइन तरेर कर्णाली वारपार गर्ने बाध्यता

नेपालचेक समाचारदाता शनिबार, आषाढ २५, २०७९

सिमकोट । दुर्गम जिल्ला हुम्लाको अधिकांस ग्रामीण वस्तिका नागरीकले कर्णाली नदी तर्न अझैसम्म तुइनको सहयता लिएर वारपार गर्नु पर्ने बाध्यता रहेको छ । सरकारले तुइन विस्थापन गर्ने भनेपनि हुम्लाका यो समस्या अझै हट्न सकिरहेको छैन् ।

जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाका नागरीकलगायत अन्य बटुवाले तुइनको भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता छ । सोही पालिका र मुगु जिल्लाको विचमा रहेको दोमुखमा तुइन विस्थापन नहुँदा यहाँका नागरीकले ज्यान नै जोखिममा राखेर तुइन तर्दै आएको बताउने गरेका छन् । वर्षौदेखि झोलुङ्ले पुलको माग गर्दा पनि योजना नपर्दा हुम्ला र छिमेकी जिल्ला मुगुका स्थानीय दोमुखमा तुइन तुइन निर्माण गरेर वारपार गर्न बाध्ये भएको स्थानीय मोहनसिंह बुढाले बताउनुभयो । वर्षामा कर्णाली नदीमा पानीको सतह बढ्दा तुइन छुने हुँदा यस्तो बेलामा नदी तर्न ज्यादै डर लाग्ने गरेको उहाँले बताउनुभयो ।

कर्णाली तर्न तुइनमा राखिएको डब्बा जालीबाट बनाइएको हुनेभएकाले अपर्झट डोरी चुँडिएर दुर्घटना हुने हो पक भन्ने त्रास मनमा हुने गरेको यहाँका स्थानीय बताउछन् । दोमुखमा रहेको तुइनमा पैदल यात्रुका साथै अन्य दैनिक उपभोग्यदेखि सबै सामान ढुवानी हुँदै आएको छ ।

तुइन विस्थापन गरेर पुल निर्माणका लागी गाउँपालिकादेखि अन्य सबै निकायमा जानकारी गराउँदा कोही कसैले सुनुवाइ नगरेको यहाँका स्थानीय बताउने गरेका छन् । यहाँ दैनिक ४० देखि ५० जनासम्म यात्रु तुइनको भरमा वारपार गर्दै आउने गरेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]