सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालन भएको जिल्ला स्तरीय १० औँ संस्करण अन्तरगतको राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता दैनिक दिन विवाद हुँदै गरेर सम्पन्न गरेको छ । १८ वर्षमुनिका छात्राछात्रलाई सहभागीता गराउने नियमभएपनि अदानचुली, चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकाकाले नियमविपरीतका छात्रलाई सहभागीता गराउँदा दैनिक दिन विवाद हुने गरेको थियो । भलिवल खेल सञ्चालन हुँदै आएको थियो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा असार २१ गतेदखि सदरमुकाम सिमकोटमा आयोजना गरिएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पाँचौ दिनमा सम्पन्न भएको हो ।
१० सौँ संस्करण अन्तरगतको ११ स्वर्ण प्राप्त गर्दै सिमकोट गाउँपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्राप्त गरि पहिलो बनेको छ भने, आठ स्वर्ण प्राप्त गरि सर्केगाड गाउँपालिका दोस्रो र ५ स्वर्ण प्राप्त गर्दै खार्पुनाथ गाउँपालिका तेस्रो भएको छ ।
त्यसै गरि छात्र तर्फको भलिवल शिल्डमा चंखेली गाउँपालिका पहिलो, अदानचुली गाउँपालिका दोस्रो र सिमकोट गाउँपालिका तेस्रो भएका छन भने छात्रा तर्फको भलिवलमा खार्पुनाथ गाउँपाकिला पहिलो, सिमकोट गाउँपालिका दोस्रो र चंखेली गाउँपालिका तेस्रो स्थान हासिल गरेको जानकारी प्राप्त भएको छ ।
छात्रा तर्फको एथलेटिक्स शिल्ड तर्फ प्रथम सर्केगाड गाउँपालिका, द्धितिया सिमकोट गाउँपालिका र तृतिया खार्पुनाथ गाउँपालिका भएको हो । छात्र तर्फको एथालेटिक्समा प्रथम सिमकोट गाउँपालिका, द्धितिया खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिका तेस्रो स्थान हासिल गर्न सफल भएको बताइएको छ ।
शनिबार सम्पन्न भएको राष्ट्रपति रनिङ्ग शिल्डको समापन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराको अध्यक्षतामा तथा समन्वय समितिका उपप्रमुख दलु फडेरा (सन्जय)को प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा क्रमश प्रथम,द्धितिया र तृतिया भएका छात्रछात्रालाई मेडल,थाल, शिल्ड र प्रमाणपत्र प्रदान गरि खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।