गाउँमै रहेको स्वास्थ्य चौकीबाट इम्पलान्ट सेवा

नेपालचेक समाचारदाता शुक्रबार, आषाढ ३१, २०७९

सिमकोट । हुम्लाको जिल्ला अस्पतालबाट महिलाहरुका लागि सेवा दिइदै आएको इम्पलान्ट पटिल्लो समय गाउँमा रहेका स्वास्थ्य चौकी र सामुदायीक अस्पतालबाट एक साथ महिलाहरुका लागि परिवार नियोजनका साधन इम्पलान्ट सेवा दिन सुरु गरिएको छ । खार्पुनाथ गाउँपालिकाले गाउँमा रहेका स्वास्थ्यचौकीबाट यो सेवा दिन सुरु गरेको हो । खार्पुनाथ गाउँपालिका – ३ को राया स्वास्थ्य चौकीबाट महिलाहरुका लागि परिवार नियोजनका अस्थायी साधन इम्पलान्ट सेवा दिन सुरु गरिएको स्वास्थ्य चौकी ईन्चार्ज बिरसिंह रावलले जानकारी दिए ।

जनशक्ति नभएको कारण यसअघि उक्त स्वास्थ्य चौकीबाट यो सेवा दिने गरिएको थिएन । उनले उक्त साधन प्रयोग गर्न चाहे सदरमुकाम सिमकोट स्थित अस्पताल जानु पर्ने यस अघि समस्या रहेको भए पनि अब सो सेवा उक्त स्वास्थ्य चौकीबाट दिन थालिएपछि महिलाले काम पुग्नुपर्ने बाध्यता हटेको बताए ।
खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले दुई जना तालिम प्राप्त जनशक्तिको ब्यवस्था भएपछि आवश्यकता पर्ने महिलाहरुलाई इम्पलान्ट सेवा सामुदायिक अस्पताल र एक स्वास्थ्य चौकीबाट उक्त सेवा दिन सुरु गरिएको बताए । उनले परिवार नियोजनको अस्थायी साधन पाँच वर्षका लागि महिलाहरुले सो सेवा लिन सुरु गरेको बताए ।

गतवर्ष जिल्लाबाट तालिम प्राप्त जनशक्ति झिकाएर इम्पलान्ट क्याम्प सञ्चालन गरेको बताउदै उनले अब गाउँपालिकाका १३ वटै स्वास्थ्य संस्थाहरुमा आबश्यक परेको सेवा दिन सकिने बताए ।

यसबाट महिलालाई स्वास्थ्य चौकीमा सेवा लिन सहज, सिमकोट धाउन नपर्ने, समय बचत र आर्थिक व्ययभार पनि कम हुनेछ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]