सिमकोट । हुम्लाको मुटु मानिएको सदरमुकाम सिमकोट बजार क्षेत्र शुक्रबार विहान सरसफाई गरिएको छ । सदरमुकाम स्थित रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को नेतृत्वमा शुक्रबार विहान गाउँपालिका कार्यालय अगाडीदेखि बजार क्षेत्रका साथै ढलहरु सरसफाई गरिएको हो ।
सिमकोट बजारमा फोहोर साताको दुई पटक मंगलबार र शुक्रबार उठाइने निर्णय भए अनुसार शुक्रबार विहान सरसफाई गरिएको हो । सदरमुकाम सिमकोट सरसफाई गर्ने निर्णय अनुसार बजार सरसफाई गर्ने कार्य तिव्र रुपमा सञ्चालन भएको छ । सिमकोट बजारलाई सुन्दर र स्वच्छ राख्नका लागि गाउँपालिकाले सरसफाईमा जोड दिएको हो ।
सिमकोट बजार क्षेत्रमा ढल तथा थुप्रिएको फोहोर व्यवस्थान गर्न सरसफाईमा अध्यक्ष भण्डारी उपाध्यक्ष शुसिला रोकाया भाम आफै लागी पर्नुभएको थियो । सरसफाई कार्यमा गाउँपालिकामा कार्यरत कर्मचारी यहाँका जनप्रतिनिधिका साथै नेपाली प्रहरी लगायतको सहभागीता रहेको थियो । यस्तै वडा नम्बर पाँचका वडाध्यक्ष चीन रावत र वडा नम्बर ६ का वडाध्यक्ष नन्द रावतको समेत सहभागीता रहेको थियो ।
बजार क्षेत्रमा फोहोर र ढल दुर्गन्धित गरेको भेटिएमा गाउँपालिकाले कारबाी गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । सिमकोट बजार जति नै सरसफाई गरेपनि यहाँका बजारवासिले मनपरी फोहोर फाल्ने कार्य गर्ना ढलहरु दुर्गन्धित हुने गरेको भण्डारीको भनाई थियो । उहाँका अनुसार जताततै फोहोर बढेर दुर्गन्धित हुन थालेपछि सरसफाइ गर्ने कार्य भएको हो । बजारलाई स्वच्छ र सफा राख्न नियमित रुपमा सरसफाई अभियानमा आफुहरु जुट्ने गरेको बताउनुभयो ।
टोल सुधार समिती गठन गर्न आवश्यक
सिमकोट गाउँपालिकालाई फोहोर र दुर्गन्धित मुक्त बनाउन टोल सुधार समिती गठन आवश्यक देखिएको छ । बजार क्षेत्रको सरसफाईमा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीका साथै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गाउँपालिका लागि परेपनि बजारमा बसोबास गरीरहेका अन्य नागरीक सहित बजार व्यवसायीको सरसफाईमा ध्यान जान आवश्यक छ । टोल सुधार समिती नहुँदा सिमकोट बजार सरसफाई गरेको पछिल्लो दिन उस्तै दुर्गन्धित हुने गरेको पाइन्छ । बजारको कालिन्चोक, एकताचोक, लोकतान्त्रिक चोक र एर्पोट चोकमा बढी फोहोर हुनुका साथै यहाँका ढलहरु दुर्गन्धित हुने गरेको पाइन्छ । गाउँबाट सिमकोट पुन्गे र अन्य स्वदेशी तथा विदेशी पर्यटकले नाक थुनेर आवतजावत गर्न बाध्य भएका छन् ।
केही समय अगाडी हुम्ला घुम्न आएका एक जना विदेशी नागरीकले सदरमुकाम सिमकोट बजार क्षेत्रको मुख्य बजारको ढलमा फोहोर जम्मा भएर दुर्गन्धित भएको देख्दा स्वतस्फुर्त रुपमा सरसफाइ गरेका थिए ।