सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाबाट व्यथा लागेको २४ घण्टापछि सुत्केरी महिलाको उद्धार गरिएको छ । व्यथा लागेको २४ घण्टापछि शुक्रबार दिउँसो उद्धार गरिएको हो । वडा नम्बर चार काउला गाउँकी दिलमाया शाहीले बच्चा जन्माउन नसकेपछि उद्धार गरिएको हो । व्यथा लागेर बच्चा जन्माउन नसकेपछि उद्दार गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले जानकारी दिनुभयो ।
आज शुक्रबार दिउँसो एक बजे ताँजकोटबाट सुर्खेत पठाएर अहिले उपचार भइरहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । लामो समयको प्रशव पीडाको बाबजुद पनि शाहीले बच्चा जन्माउन नसेकपछि ताँजकोट गाउँपालिका,जिल्ला प्रशासन कार्यालय र राष्ट्रपति उद्धारकोषको पहलमा उहाँलाई उपचारको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाइएको हो ।
सुत्केरी व्यथाले छटपाटइरहेका शाहीलाई शुक्रबार विहानैदेखि उद्धार गरेर सुर्खेत पठाउन खोजेपनि खराब मौसका कारण दिउँसो एक बजे मात्रै उद्धार गर्न सफल भएको अध्यक्ष जैसीले बताउनुभयो ।
जिल्लामा सदियौंदेखि राम्रो स्वास्थ्य सेवाको अवस्था नहुनु र यातायातको अभावको कारण वर्षेनी दर्जानौं सुत्केरी महिलाहरु यस्तै समस्याबाट गुज्रनु परिरहेको छ । सुत्केरी मात्रै नभएर अन्य जटिल प्रकारका रोगहरुले ग्रसित विरामीले यस्तै समस्या भोग्नु परेको छ ।