हट्यो दियालो र टुकीको बाध्यता,कर्पुखोला जलविद्युत योजना निर्माण सम्पन्न,

नेपालचेक समाचारदाता मंगलबार, साउन १०, २०७९

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको कर्पुखोला लघु जलविद्युत योजनाको निर्माण कार्य समयमै सम्पन्न हुँदा स्थानीयवासी खुसि भएका छन् । निर्माण कम्पनीले छोटो समयमा काम सम्पन्न गर्दा स्थानीय अन्धकारबाट उज्यालो देख्न पाएका छन् । लामो समय देखि अन्धकारमा बस्दै आएका यहाँका नागरीकले अब विद्युत सेवा उपभोग गर्नुका साथै अन्धकार मुक्त भएको हो ।

योजनाका लागि बेलायती सेनाको सहयोग रहेको काँधुरी संस्थाका साइट इन्चार्ज लिला राईले ११२ किलोवाट विद्युत उत्पादन क्षमताको योजनाको काम सम्पन्न भएर सेवाग्राहीका घरघरमा विद्युतआर्पूती सुरु भएको बतााउनुभयो । उक्त योजनाबाट एक सय किलोवाट विद्युत उत्पादनको क्षमता भएको भएपनि बढी उत्पादन भएको छ ।

अब सेवाग्राहीले यसअघिको सोलार, टुकी र दियालो बाल्नुपर्ने बाध्यताबाट छुटकारा पाएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । समयमै विद्युत सेवा निर्माण हुँदा उक्त गाउँपालिकाको वडा नम्बर तीन,चार र पाँका झण्डै नौ सय दुई घरधुरी लाभाम्वित भएका छन् । योजनाका लागि आठ करोड ४४ लाख ९८ हजार ४३८ रुपैयाँ काँधुरी संस्थाले व्यहोरेको र स्थानीय उपभोक्ताहरूले दुई करोड ५५ लाख नौ हजार ६० रुपैयाँ श्रमदान एवं योगदान गरेको गाउँपालिका अध्यक्ष जैसीले बताउनुभयो । योजना सम्पन्न गर्न २५६ दिन लागेको थियो । उक्त विद्युत योजनाको निर्माण कार्यमा संलग्नहरुलाई विदाई गरिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]