हिउद महिनाको खाद्यान्न जोहो गर्न लिमिका स्थानीय सदरमुकाम सिमकोट 

हिमाल पारीको गाउँका रुपमा चिनिने नाम्खा गाउँपालिका वडा नम्वर ६ को लिमिका स्थानीय खाद्यान्न जोहोका लागि सदरमुकाम सिमकोट पुगेका छन ।

नेपालचेक समाचारदाता शुक्रबार, भाद्र ०३, २०७९

हुम्ला । हिमाल पारीको गाउँका रुपमा चिनिने नाम्खा गाउँपालिका वडा नम्वर ६ को लिमिका स्थानीय खाद्यान्न जोहोका लागि सदरमुकाम सिमकोट पुगेका छन । करीव छ महिना हिउँका कारण गाउँ भन्दा बाहिर जान नमिल्ने भएपछि समयमै घरमा चाहीने खाद्यान्नदेखि लुगाकपडाको किनमेल गर्नका लागि लिमीका स्थानीय सदरमुकाम सिमकोटमा पुगेका हुन् ।

कोभिड १९ का कारण छिमेकी देश चीनको ताक्लाकोटमा गएर कमाई गरि जिविको पार्जन गर्दै आएका लिमिबासी तीन वर्षयता आफ्नै देशको विकासे योजनाबाट आएको रकमले घरपरीवारले जिविको पार्जन गर्दै आएको सदरमुकाम सिमकोट पुगेका टसि फर्वु तामांगले जानकारी दिनु भयो ।

उहाँका अनुसार कार्तिक महिनादेखि उता भारी हिमपातले घर भन्दा बाहिर आउन नमिल्ने भएपछि समयमै आर्थिक र भौतिक संरचनाको व्यवस्था गरिनु पर्ने भएको छ । यतिखेर मात्रै लिमीको हल्जि गाउँका ६ जना भन्दा बढि स्थानीयहरु उक्त सामनको जोहो गर्नका लागि सिमकोट पुगेको तामांगको भनाई रहेको छ । सदरमुकाम पुग्दा प्रत्येक व्यक्तिको कम्तीमा पनि ५० देखि ६० हजारसम्म सामन खरिद गर्दा खर्च हुने गरेको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]