हिमाली हुम्लाको जिल्ला सभा भदौ १५ गते

जिल्ला समन्वय समितिले जिल्ला सभा भदौ १५ गतेका लागि बोलाएको छ

नेपालचेक समाचारदाता शनिबार, भाद्र ०४, २०७९

सिमकोट ।  जिल्ला समन्वय समितिले जिल्ला सभा भदौ १५ गतेका लागि बोलाएको छ ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नयाँ पदाधिकारी निर्वाचित भएपश्चात जिल्ला समन्व्य समितिको जिल्ला सभा पहिलो पटक बस्न लागेको हो  ।

जिल्ला समन्वय समितिको भदौ १ गते बसेको बैठकले जिल्ला सभा १५ गतेका लागि बोलाउने निर्णय भएको समन्वय अधिकारी भिमबहादुर रोकायाले जानकारी दिए ।

“बोर्डको बैठकको निर्णय अनुसार जिल्लाका सातवटै गाउँपालिकाका अध्यक्ष र उपाध्य ज्यूहरुलाई पत्राचार गर्ने काम भएको छ”  समन्वय अधिकारी रोकायले नेपालचेकसँग भने, “बैठकमा सबै स्थानीय तहहरुलाई गत आर्थिक वर्ष ०७८।०७९ को वार्षिक प्रगती विवरण र चालु आर्थिक वर्ष ०७९।०८० को बजेटको कपी सहित उपस्थित हुन आग्रह गरेका छौं ।”

जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरिएको बैठकमा जिल्लाका सबै स्थानीय तहका प्राथमिकताको प्रस्तुतीकरण गर्दै आगामी कार्य योजनामाथि समेत छलफल हुने बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]