पालिका स्तरिय बालअधिकार समितिका पदाधिकारीहरुलाइ बालअधिकार, बाल संरक्षण तथा नीति र प्रणालीको कार्यात्मक संयन्त्र सम्बन्धि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।
हुम्ला । पालिका स्तरिय बालअधिकार समितिका पदाधिकारीहरुलाइ बालअधिकार, बाल संरक्षण तथा नीति र प्रणालीको कार्यात्मक संयन्त्र सम्बन्धि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, चङ्गखेली गाँउपालिकाको समन्वय तथा एकृकित सामुदयिक विकास परियोजना अन्तरगत किडार्क नेपाल हुम्लाको आयोजनामा बालअधिकार तथा संरक्षण सम्बन्धि दुई दिने तालिम सम्पन्न हो ।
गाँउपालिका स्तरिय बालअधिकार समितिका अध्यक्ष बिर्ष बहादुर बि.क को अध्यक्षता सञ्चालन भएको उक्त तालिममा चङ्गखेली गाँउपालिका स्तरिय बालअधिकार समितिका ३० जना पदाधिकारीहरुको सक्रिय सहभागीता रहेको थियो ।
तालिममा बाल नेतृत्व र बालअधिकार सम्वन्धि कानूनी व्यवस्था र अधिकारका सिद्धान्त, बालश्रम अवधारणा तथा आधारभुत तत्व, नितिगत व्यवस्था र सरोकारवालाको भुमिका, बाल संरक्षणका सवाल तथा कारणहरु, बाल संरक्षणको आवस्यकता,समुदायमा आधारित बाल संरक्षण प्रणाली,बालश्रम रोकथाममा निगरानी समुहको भुमिका, बाल यौन हिंशा तथा बालदुव्र्यवहार,बाल संरक्षणका लागिस्थानिय सरकारका संरचनाहरु, स्थानिय सरकारको भुमिका तथा उपस्थिति, स्थानिय सरकार अनुदान परिचालन कार्यविधि तथा निर्देशिका साथै बिपदमा महिला तथा बालबलिकाको संरक्षण जस्ता विषय वस्तुमा प्रशिक्षण प्रदान गरिएको थियो ।
“बालबालिका भविष्यका कर्णधार हुन त्यसैले बालअधिकार तथा बाल संरक्षण निकै संवेदनशिल बिषय हो । बालबालिकाको सर्वाङ्गिण विकासका लागी परिवार, समुदाय, स्थानिय सरकार तथा राज्यले बिशेष यो परियोजनाले चासोका साथ काम गर्नु प्रर्ने चंखिली गाउपालिका स्तरिय बालअधिकार समितिका अध्यक्ष बिर्षबहादुर बि.क ले बताउनु भएको छ ।
चङ्गखेली गाँउपालिकाका २ का वडा अध्यक्ष बिर्षबहादुर सिहंले आपm्नो वडामा बालसंरक्षण सम्बन्धिकार्यक्रम तय गरि बालबालिकाको सुन्दर भविष्य निर्माणमा अग्रसर हुने प्रतिबद्घता ब्यक्त गर्नु भयो ।
गुड नेवर्स इन्टरनेशनल नेपालको बालप्रायोजन तथा बाल संरक्षण सहायक हिमाल पहरी ले पालिका तथा वडा स्तरीय बालअधिकार समिति गठन गाँउपालिका संगको समन्वयमा केहि समय अगाडी गुड नेवर्स इन्टरनेशनल नेपालको पहलमा भएको गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक नारायण प्रसाद चौधरी बताउनु भएको छ ।
साथै स्थानिय निकाय संग समन्वय गरी बालअधिकार समितिलाई बालअधिकार तथा संरक्षणको क्षेत्रमा क्रियासिल भई लाग्न प्रेरित गर्दै बालबालिकाहरुको सुन्दर भविष्य निर्माण गर्ने संस्थाको उद्देश्य रहेको जानकारी गराउनु भयो ।
तालिम चङ्गखेली गाँउपालिका वार्ड नं.४, पिप्लाङ्ग मा तालिम प्रशिक्षक दिलबहादुर शाहीले सहजिकरण गर्नु भएको थियो ।