पत्रकार महासंघ हुम्ला शाखाले आफ्नो मानमा जग्गा

नेपाल पत्रकार महासंघ हुम्ला शाखाले पहिलो पटक आफ्नो नाममा जग्गा खरिद गरेको छ ।

नेपालचेक समाचारदाता सोमबार, भाद्र ०६, २०७९

 

नेपाल पत्रकार महासंघ हुम्ला शाखाले पहिलो पटक आफ्नो नाममा जग्गा खरिद गरेको छ ।

हालसम्म भाडामा कार्यालय सञ्चालन गर्दै आएको शाखाले आफ्नो भवन निर्माणका लागि नयाँ जग्गा खरिद गरेको हो ।

महासंघ हुम्ला शाखाका कोषाध्यक्ष सुरेश परियारले महासंघले पहिलो पटक आफ्ना नाममा जग्गा खरिद गरेको बताए ।

नेपाल पत्रकार महासंघ हुम्ला शाखाको नाममा रहेको जग्गा कुल क्षेत्रफल १७६ दशमलव २५ वर्ग मिटर रहेको र जग्गा सिमकोट गाउँपालिका–५ भित्र रहेको नेपाल महासंघ हुम्लाका अध्यक्ष राजन रावतले बताउनु भएको छ ।

उक्त जग्गा खरिदका लागि खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाले आर्थिक सहयोग गरेको उनले बताए । यसका लागि क्रमश गाउँपालिका पाँच, तीन र दुुई लाख रुपियाँ उपलब्ध गराएको अध्यक्ष रावतले बताए हुन ।

लालपुर्जा हातमा आएपछि महासंघ हुम्ला शाखाले जग्गा खरिदका लागि सहयोग गर्ने निकाय र ब्यक्तिलाई नेपाल पत्रकास माहासंघ हुम्लाले धन्यवाद समेत दिएको छ ।

यसअघि गत तिहारमा महासंघले देउसी भैलो खेलेर एक लाख भन्दा बढी रुपियाँ उठाएको थियो । सो रुपियाँ पनि महासंघले यसैमा खर्च गर्ने जनाएको छ ।

हालसम्म आफ्नो भवन नभएको महासंघलाई अब आफ्नो भवन निर्माणका लागि सहायता जुटाएर अगाडी बढ्ने बाटो खुलेको छ । लालपुर्जा प्राप्त भएको र अब आफ्नो भवन निर्माणका लागि सहयोगी निकायको खोजीमा लाग्ने उनले बताए ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]