सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर एक जैरमा विद्यार्थी विरामी हुँदा विद्यालय बन्द गरिएको छ । वडा –१ जैरको तुम्च अन्तर्गत पर्ने देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जानकारी दिएको छ । उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ भने १५० जना विद्यार्थी रहेको विद्यालय श्रोतले जानकारी दिएको छ ।
विद्यार्थीमा दिनहु ज्वरो आउने, वान्ता, टाउको दुख्ने, छाती दुख्ने,सास फेर्न गाह्रो, एकासी ढल्ने, रुने कराउने जस्ता लक्षण देखापरेपछि विद्यालय व्यवस्थापन समितिको आपतकालीन बैठक बसेर आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको सोही विद्यालयका प्रधानध्यापक काली बहादुर रावलले जानकारी दिनुभयो ।
बिद्यालयमा यस्ता खालका बिरामिका देखा परेर एकै दिन ५ देखी ६ जना विद्यार्थी एक्कासी भुइमा उत्तानो पर्न थालेपछि बिद्यालयमा आपतकालिन बैठक बसि बिद्यालय बन्द गरिएको हो । उक्त बिद्यालयबाट गाउँपालिकाको स्वास्थ्य शाखा जान समेत पैदल हिडेर ५ देखि ६ घण्टा सम्म लाग्ने गर्दछ भने सवारी साधनमा करिव २ घण्टा सम्म लाग्ने गर्दछ । बिद्यालयमा अहिलेसम्म बिद्यार्थी विरामी परेपनि कुन रोग हो भन्ने छुटाउन नसकिएको प्रधानध्यापक रावलले जानकारी दिनुभयो । विद्यार्थीमा देखापरेको विराम अन्य विद्यार्थीका साथै गाउँमा नफैलियोस भनेर विद्यालय बन्द गरिएको हो ।