हुम्लीको व्यथाः विद्युत नहुँदा आफ्नै टर्चको उज्यालोमा उपचार पाउछन् ।

दाने बोहरा बुधबार, आश्विन ०५, २०७९

सिमकोट । कहिले सिटामोलको अभाव, कहिले गर्भवती महिलालाई सुत्केरी हुन उज्यालो नहुँदा अध्यारो रातमा आफ्नै टर्चको उज्यालोको आवश्यक पर्छ । त कहिले भिडियो एक्सरे गर्न विद्युतको अभाव हुम्लीले भोग्नु परेको छ । दुर्गम हिमाली जिल्ला हुम्लामा एक मात्रै जिल्ला अस्पताल छ । जिल्लाभरीका सेवाग्राही उपभारका आउछन् । अस्पताल पुगेका सेवाग्राहीले समयमै विद्युत नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामिणवस्तिमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशमा पुगेका विरामीले झन बढी सास्ति खेप्नु परेको छ ।

नेपाल विद्युत प्राधिकरणको हेल्दुम साना जलविद्युतल आयोजना वितरण केन्द्रले नियमीत विद्युत सेवा उपलब्ध नगराउँदा अस्पताल पुगेका विरामीले राम्रोसँग सेवा नपाएको गुनासो पोख्ने गरेका छन् । पाँच सय किलोवट क्षमता भएको जलविद्युतले नियमीत आफ्नो सेवा दिन नसक्दा सदरमुकामवासी सहितका सेवाग्राहीले समस्या भोग्दै आउनु परेको छ । केही सदन अघि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण कार्यालय सिमकोट शाखाका प्रमुख साजन ऐडीले बताउनुभयो । उहाँले भन्नु भयो, त्यसको केही दिन अघि विद्युतको नहर मर्मतका विद्युत बन्द गरिएको भएपनि लगातारको वर्षाले पुन सेवा सञ्चालनमा आएको थिया, तर वर्षा लगातार भएर नहर नजिक पहिरो जाँदा थप समस्या बनाएको छ ।” फेरी भन्नुभयो, राम्रो मर्मत गर्ने भनेर कर्मचारी खटाएर काम शुरु गरिएपनि वर्षाले समस्या निम्तीयो । यसले गर्दा सेवाग्राही अझ अध्यारोमा रात कटाउनुपर्ने बाध्यता भएको छ । ”
उसो त प्राधिकरण हुम्लाले प्रत्येक वर्ष नेपालीहरुको महान पर्व दशैंमा विद्युत सेवा मर्मतका नाममा सेवा बन्द गर्दै आएको छ । यहाँका नागरीकले अध्यारोमा दशैं मनाउँदै आउनु परेको छ । दशैंमा मात्रै नभएर हिउँद याममा समेत प्राधिकरण हुम्लाका सेवाग्राहीले १८ घण्टाको लोडसेडिङको समस्या खेप्दै आउनु परेको छ । विद्युत नियमीत नहुँदा इलोक्ट्रोनीक पसल व्यवसायी,अस्पताल भर्ना भएका विरामी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र सेवाग्राही सहित सदरमुकाममा भएका दुईवटा सञ्चार माध्याम रेडियोले समेत सास्ति खेप्नु परेको छ ।

टर्च बालेर उपचार

जिल्ला अस्पताल हुम्लामा मङ्गलबार राति डिउटीमा खटिएका स्वास्थ्यकर्मी र विरामीले आफ्नै टर्च बालेर उपचार पाएका छन् । प्राधिकरण विद्युत सेवा मर्मतका लागि बन्द बन्द गरेपछि इमेरजेन्सी लगायतका अस्पतालमा भर्ना भएका विरामीले आफ्नै टर्च बालेर सेवा लिएको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा आउने बिरामीहरुले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् ।

लोडसेडिङक हुँदा अस्पताल भर्ना भएका विरामीको काममा बाधा भएको अस्पतालको रात्रिकाली सेवामा खटिएका स्वास्थयकर्मीले गुनासो पोखेका छन् । अस्पताल भर्ना भएका बिरामीहरुलाइ रात्रीकालीन अवस्थामा आफन्ै टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । रातीको समय विद्युत नहुँदा इमरजेन्सी उपचारमा आएका विरामीलाई भिडियो एक्सरे देखि अन्य सेवा दिन आफुहरुलाई कठिनाइ भएको छ । अस्पतालमा जडान भएको सोलाले घाम नलाग्दा काम नगरेका कारण रातभर टर्च बालेर विरामीलाई उपचार गर्नुपर्छ । विद्युतबाट हुने सेवा दिन सकिएन, अन्य सेवा टर्च बालेर गर्नुपर्छ ।

यस्तै अक्सिजन दिनुपर्ने विरामीलाई समयमै अक्सिजन दिन नसकिएको डिउटीमा खटिएका स्वास्थ्यकर्मीको गुनासो छ । वृद्धवृद्धा देखि अधिकांस अस्पतालमा भर्ना भएका विरामीलाई अक्सिजन दिनुपर्न तर विद्युत नहुँदा दिन सकिएको छैन् । दिउँसो दिन गरेपनि रातीको समय सेवा विरामीले नपाउने गरेको गुनासो पोख्ने गरेका छन् । उसो रातभर विरामी र डिउटीमा खटिएका स्वास्थ्यकर्मी अध्यारोमा बस्ने गरेका छन् । उज्यालोको सेवा नहुँदा भर्ना भएका केही विरामीले दिशापिसा गर्न जान समेत डर लागेको गुनासो पाखे ।
अस्पतालले मागेको समयमा विद्युत उपलब्ध गराएपनि नियमीत नहुँदा समस्या भोग्नु परेको कार्यालय प्रमुख प्रेम सिंहले बताउनुभयो । १५ शय्याको जिल्ला अस्पतलामा समस्याले गाजिरहेको छ ।

दुई गाउँपालिकाका सेवाग्राही अन्धकारमा

विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम सिमकोटवासी सहित सिमकोट र खार्पुनाथ गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आउनु परेको छ । दुई हजार दुई सय बढी सेवा ग्राही केही दिन यता देखि अन्धकारमा रात कटाउँदै आएका छन् । विद्युत सेवा नहुँदा पुरानै दियालो बालेर रात कटाउनु परेको स्थानीय गौगोरा बोहराले बताउनुभयो । जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युतले सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्म र खार्पुनाथ गाउँपालिकाको वडा १,४,५ मा विद्युत आपूर्ती हुँदै आएको छ । केन्द्रीय लाइन हुम्लामा अझै पुग्न सकेको छैन ।

सेवाग्राहीले यो पटक मात्रै होइन् यो समस्या महिनैपिच्छे समस्य आउनुका साथै भोग्नु परेको छ । यहाँको विद्युतले स्थानीयबासीहरु हैरान भएको गुनासो पोख्नु गरेका छन् ।

दशैंमा कमाई खाने भाँडो

नेपाल विद्युत प्राधिकरण कार्यालय दशैंमा कर्मचारीका लागि कमाई खाने भाँडो जस्तै बनेको छ । दशैं आउन केही दिन मात्रै बाँकी भएर विद्युत सेवा अवरुध भएको यो वर्ष मात्रै होइन् । गत वर्ष त दशैंको समय अन्धकारमा विताएका थिए । हिउँद याममा लोडसेडिङको मार खेप्दै आएपनि वर्षेनी दशैंको मुखमा सदरमुकामबासीले यो समस्याको छुटकारा नपाएको गुनासो पोख्ने गरेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]