कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णय विरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ ।
हुम्ला । कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णय विरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ ।
कर्णाली प्रर्देश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा कार्यालयसंग पुनः मर्ज गर्ने निर्णय गरेपछि कर्णाली प्रदेशका १० वटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट असोज ७ गते विरोध प्रदर्शन निकालिएको हो ।
यस अघि २०७६।७७ मा स्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र मर्ज भएका थिए । तर आयुर्वेद स्वास्थ्य संस्थाका कर्मचारीले स्वास्थ्य सेवा कार्यालयसंग मर्ज भएको चित्त बुझ्दो नठानेपछि उच्च अदालतमा रिट दायर भएको थियो ।
उक्त रिट दायर पश्चात उच्च अदालतले कुनै पनि संस्थाहरु आ आफ्नो क्षेत्रधिकारबाट चल्न पाउने स्वतन्त्र अधिकार छ र यनिहरु छुट्टा छुट्टै भएर काम गर्न दिनु पर्ने भन्दै फैसला गरेपछि उक्त संस्थाहरु फरक फरक भएर काम गर्दै आएका थिए ।
तर गत भदौ १९ गते पुनः प्रदेश सरकारको मर्ज हुने निर्णय प्रति आयुर्वेद स्वास्थ्य संस्थाको ध्याानार्कषण भएको छ । उक्त निर्णयको विरोध जनाउँदै
शुक्रबार आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका कर्मचारीले एउटा हातमा कालो पट्टी बाधेर घोर विरोध प्रदर्शन गरेका हुन् ।
यता आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख कृष्ण चन्द जोसिले स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रलाई संगै गासेर राख्नुमा सरकारको मुर्खता भएको दावि गरे । उनले भने संगै मर्ज हुँदा सेवाग्राहीले समेत दुःख पाउने भएका छन् । त्यस कारण कुनै हालतमा पनि यो कार्य अगाडि नबढाउन सरकारलाई आग्रह समेत गर्नु गरेको छन् ।