हुम्लामा बढ्यो चुनावी सरगर्मी

नेपालचेक समाचारदाता बिहिबार, कार्तिक ०३, २०७९

सिमकोट । कात्तिक महिना सुरु भएसँगै हुम्लामा चुनावी चहलपहल बढेको छ । जिल्लाका मुख्य दल नेपाली कांग्रेस, माओवादी र एमालेका प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवार जिल्ला भित्रीन थालेपछि चुनावी माहोल तातेको हो ।

यस अघि दशैँ लगायत अन्य कामले सुनसान देखिने सदरमुकाम यतिबेला नेता तथा कार्यकर्ताको उपस्थितीले बजारमा सर्वसाधरणको बाक्लो सहभागीता देखिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व सामाजिक विकास मन्त्री दल राव, प्रतिनिधीसभा सदस्य छक्क बहादुर लामा लगायतका नेता हुम्ला भित्रीएपछि जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको हो । निर्वाचन हुन एक महिना बाँकी हुँदा नेताहरु जिल्ला भित्रीन थालेका छन् ।

एमालेबाट प्रतिनिधिसभामा टिकट पाएका दल रावल सोमबार तारा एयरको जहाजबाट जिल्ला पुगिसकेका छन् । त्यस्तै, उनका प्रतिस्पर्धी सत्तागठबन्धनका उम्मेदवार छिरिङडम्डुल लामा कार्चेन शुक्रबार जिल्ला आउने कार्यक्रम तय भएको छ । प्रदेश (क) का एमालेबाट उम्मेदवार पाएका दल फडेरा र प्रदेश (ख) उम्मेदवार छक्कबहादुर लामा सीता एयरबाट जिल्ला पुगिसकेका छन् ।

यस्तै, सत्तागठबन्धनका प्रदेश (ख) उम्मेदवार जीवनबहादुर शाही पनि समिट एयरको जहाजबाट जिल्ला भित्रिएका छन् भने माओवादीनिकट नेता र उम्मेदवार प्रदेश (क) का रणसिंह परियार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर चुनावी प्रचारमा लागि सकेका छन् । यस्तै प्रतिनिधिसभा सदस्य उम्मेदवार छिरिङडम्डुल लामा कार्चेन जिल्ला भित्रीन बाँकी छ ।

जिल्लामा रहेका ठुला दल नेपाली कांग्रेस, माओवादी र एमालेले बुधबार आ आफ्नो पार्टी कार्यालयमा बैठक गरेका थिए । आमागी मंसिर ४ गते हुने प्रतिनिधिीसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा आ आफ्नो रणनितीका साथ विजयी गराउन भेला गरिएको बताईएको छ । जिल्लामा गठबन्धन भन्दा प्रतिपक्ष एमाले कम्जोर शक्ति देखिएको छ । प्रदेश ख मा भने गठबन्धनका जीवन बहादुर शाही र एमालेका छक्क बहादुर लामा यी दुवै जना बलियो उम्मेदवार हुन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]