सिमकोट । हिमालपारीको गाउँको नामले परिचित हुम्लाको उत्तरी नाम्खा गाउँपालिको वडा नम्बर ६ को लिमीमा चुनावी प्रचारका लागि प्रदेशसभा सदस्य तथा हुम्ला निर्वाचन क्षेत्र प्रदेश ख का उम्मेदवार जीवन बहादुर शाही यहाँ पुगेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सोमबार लिमीमा पुगेर त्यहाँका मतदातासँग मंसिर ४ गते आफुलाई मतदान गरिदिन आग्रह गरेका थिए ।
लिमी जाने बाटो हिमपातले बन्द भएपछि मुख्यमन्त्री शाही हेलिकोप्टर रिजर्भ गरेर लिमी पुुगेका हुन् ।
मुख्यमन्त्री शाहीले लामो प्रयासपछि लिमीका मतदातासँग भेटघाट गर्न लिमी पुुग्न पाएका हुन् ।
उहाँले १५ दिन अगाडिबाट लिमीका तीन गाउँ जाने तयारी गरे पनि सोमवार बल्ल जान पाएको बताइएको छ ।
लिमी जाने दुुई वटा स्थान नारा र न्यालुु लेकमा जमेको हिउँका कारण बाध्यताले हेलिकोप्टर रिजर्भ गर्नुपरेको भन्दै लिमीका तीन गाउँ हल्जी, जाङ, तीलमा पुुग्न पाएको बताउनुभयो । मतदाताबाट न्यानो स्वागत पाएको जानकारी दिँदै लिमीका लागि सकिने कुरा गर्ने प्रतिबद्धता मतदातासँग गरेको छन् । लिमीका तीन गाउँमा उनी पुुगेपछि घरदैलो भने गर्न पाएनन् । गाउँका स्थानीयलाई एकै ठाउँमा जम्मा गरेर मत मागेका थिए । मुख्यमन्त्री शाहीको टोली लिमीका तीन वटै गाउँमा हेलिकोप्टरमा पुुगेको थियो । लिमीका एक गाउँबाट अर्को गाउँ चार घण्टासम्म पैदल लाग्ने गर्छ ।
चुनावी प्रचारका लागि लिमी पुुग्ने मुख्यमन्त्री पहिलो उम्मेदवार हुन्अ । अन्य उम्मेदवार कोही पनि पुुग्न पाएका छैनन्उ । नी प्रदेश सभा सदस्य २ नम्बर क्षेत्रका प्रत्यासी छन् । लिमी उनकै निर्वाचनको क्षेत्र पर्छ । लिमीबाट मुख्यमन्त्री शाही आजै सिमकोट फिर्ता भएका छन्।