लिमीमा खटिएका कर्मचारी हेलिकोप्टरमार्फत मतदान केन्द्र पुगे

नेपालचेक समाचारदाता मंगलबार, कार्तिक २९, २०७९

सिमकोट । मंसिर ४ गतेको हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ६ को लिमीका तीनवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरले पुर्याएको हो ।

लिमी जानको लागि त्यस क्षेत्रका मुखय दुईवटा नाकामा बाक्लो हिउँ जमेका कारण नेपाली सेनाको हेलिकोप्टरले ओसारेको जिल्ला निर्वाचनका कार्यालयका निमित्त अधिकारी श्याम बहादुर रानाले बताउनुभयो । उहाँका अनुसार, प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेपछि आज (मङ्गलबार) विहानैदेखि यहाँका मतदान केन्दमा ओसारिएको हो । पहिलो फलाइटमा नेपाली सेनाका दश जना सेनालाई ओसारेको थियो । भने दोस्रो फलाइटमा मतपेटीका,मतपत्रका साथै मतदानअधिकृत, अन्यकर्मचारी ओसारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

लिमिमा खटिएका कर्मचारी र सुरक्षकर्मीलाई त्यहाँ पुग्न समस्या भएपछि सो व्यवस्थाका लागि यसअघि जिल्लाबाट माग भएको थियो । आयोगले जिल्लाको मागअनुुसार हेलिकोप्टरको व्यवस्था गरेको हो । हेलिकोप्टरको व्यवस्था नभएको भए लिमीमा निर्वाचन गर्न सम्भव हुने थिएन । पैतालीस जना कर्मचारी र सुरक्षाकर्मी लिमीका तीन वटा मतदान केन्द्रमा खटिएका छन् । लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र निर्वाचन सामग्री लिमी ओसारीएको हो ।

आयोगले कर्मचारीलाई निर्वाचनका लागि लिमी पुर्याउने मात्र नभई मतदान कार्य सम्पन्न भएपछि मतपेटिका र कर्मचारीलाई समेत हेलिकोप्टरबाटै ल्याउने भएको हो । लिमी जाने दुुबै नाका, चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चार देखि पाँच फिट हिउँ जमेको छ । निर्वाचनको प्रचार प्रसारका लागि दलका उम्मेदवार र नेतासमेत लिमी पुग्न सकेका छैनन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]