रुकुम पूर्व । रुकुम पूर्वमा मतगणना सुरु भएको छ। प्रतिनिधिसभामा माओवादीका पूर्ण घर्ती मगरले फराकिलो अग्रता लिएका छन्।
७ हजार ८ सय २० मतगणना हुदा घर्तीले ४ हजार ६ सय ७५ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले १ हजार ९ सय ४५ मत ल्याएका छन्।
प्रदेश नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुनले सुरुवाती अग्रता लिएका छन्। उनले पुनले ३ हजार ३ सय २४ मत ल्याउदा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार तेजबहादुर ओलीले ३ हजार २ मत ल्याएका छन्। प्रदेश नम्बर १ को मतगणना सकिएपछि २ को मतगणना सुरु हुने जनाइएको छ।