सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–२ निवासी उम्मपुरी बोहरालाई उपचारमा आर्थिक अभाव भएको छ । मस्तिष्कघात (प्यारलाइशिस) का काराण गम्भीर बिरामी परेकी बोहराको उपचारमा आर्थिक अभाव भएको हो ।
उहाँको काठमाडौं बाँसघारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मस्तिष्कघातका कारण मृत्युसँग लड्दै उहाँको शरीरको दाइने भाग चल्न छाडेको श्रीमान चक्र बोहराले बताउनुभयो ।
मङ्सिर पाँच गते गाउँ नजिकैको खेतमा गाइवस्तु चरिचराउ गर्न गएको समयमा एक्कासि बेहोस भएको परिवारजनले बताएका हुन् । त्यसपछि उनको बोलीसहित शरीरको दाहिने भाग चल्न छाडेको उनका छोरा संजित बोहराले बताउनुभयो । आफन्तले सामान्य आर्थिक जोहो गरेर विरामी काठमाण्डौं पुर्याइएपनि अहिले उपचारमा आर्थिक समस्या निम्तएको छोराले बताउनुभयो ।
विरामीका छोरा संजितले भन्नुभयो, “उपचारमा दैनिक १५ देखि २० हजारका दरले खर्च भइरहेको छ, भने ‘उपचारमा कति दिन लाग्छ, ठेगान छैन । उपचार खर्च अभाव छ ।’ उपचारमा संलग्न चिकित्सकले बोहराको मस्तिष्कको दाहिने भागमा रगत जमेको बताएका छन । विरामी उम्मपुरीलाई उपचारमा सहयोग गर्न आफन्तले हुम्लीलाई आग्रह गरेका छन् ।
उनको उपचारका लागि सहयोग गर्न परिवारजनले आग्रह गरेका छन् । सहयोग गर्न चाहनेले विकास बोहराको नाममा रहेको सिटिजन्स बैंकको खाता नम्बर ०१७०१०००००२१३००९ मा जम्मा गर्न सकिने परिवारले जनाएको छ । सम्पर्क नम्बर छोरा संजित बोहरा ९८६३१४३४२७, विकास बोहरा ९८४००५८८१७ रहेको छ ।