खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

नेपालचेक समाचारदाता सोमबार, पौष २५, २०७९

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका व्यवस्थापन समितीका अध्यक्ष दिपक भण्डारीको पहलमा नेपाल सरकार स्वास्थ्य विभागले रु १५ लाख ६५ हजार ९६ रुपैंयाको स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालय हुम्ला मार्फत खार्पुनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको पहलमा गर्भवतीले पाउने सेवालाई थप प्रभावकारी बनाउनका लागि भिडियो एक्सरे मेसिन आइतबार खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखालाई सहयोग गरिएको हो । भिडियो एक्सरे, स्वाव परिक्षण मेसिन, प्रिन्ट मेसिन लगायतका सामाग्री व्यवस्थापन समितिका अध्यक्ष भण्डारी, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सहितले खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज भण्डारीलाई एक कार्यक्रमका विच हस्तान्तरण गरियको हो ।

स्वास्थ्य सामाग्री प्राप्त भएसंगै खार्पुनाथ गाउँपालिकाले यस अघि दिदँै आएको स्वास्थ सेवामा थप प्रभावकारी हुने र उक्त स्वास्थ्य सामाग्रीले चेकजाँच गर्न आउने गाउँपालिका भरिका गर्भवती महिलाको पेटमा रहेको वच्चा उल्टो सुल्टो के कस्तो अवस्थामा रहेको छ, वच्चा गर्वमा सुरक्षित छ वा छैन भन्ने गाउँपालिकामै पत्ता लगाउन सकिने खार्पुनाथ स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताउनुभयो । यस अघि गर्वति महिलाको गर्भ जाँचको जटिल अवस्थामा भिडियो एक्सरेको लागी सदरमुकामका रहेको जिल्ला अस्पतालमा धाउनु पर्ने यहाँका महिलाको समस्याको समाधान हुनुका साथै पालिकाबाटै दिन सकिने प्रमुख शाहीले बताउनुभयो ।

यस्तै यसअघि जिल्लाको अदानचुली, स्वास्थ्य सेवा कार्यालय र नाम्खा गाउँपालिकामा भित्रिएका छन् । दुर्गम जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्था पछिल्लो समय प्रविधि मैत्रि हुँदै आएका छन् । उक्त सामाग्री नेपाल सरकार स्वास्थ्य विभागले प्रति स्वास्थ्य शाखा कार्यालयका लागी १५ लाख ६५ हजार ९६ रुपैंयाको लगानी गरेको अध्यक्ष भण्डारीले बताएउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]