हिल्साबाट निर्माण सामग्री आयात

नेपालचेक समाचारदाता सोमबार, माघ ०२, २०७९

सिमकोट । चीनसँगको सिमाना हिल्सा नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री आयात भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनले तीन दिनमा ३३ ट्रक र साना गाडीमा निर्माण सामग्री नेपाल भित्रिएको बताउनुभयो । यसअघि चिनियाँ पक्षले आवश्यकताअनुसार हिल्सा नाकाबाट निर्बाध सामान एकतर्फी रूपमा पठाउन सकिने जनाएको थियो । सोहीअनुरूप हिल्सा र सिमकोटका व्यवसायीले निर्माण सामग्री आयात गरेका हुन् । आयातित सामग्रीमध्ये १० हजार छ सय बोरा सिमेन्ट, चार ट्रक छड रहेको जनाइएको छ । कोरोना महामारीपछि चीनले पुस १३ देखि एकतर्फी नाका खुलाएर १८ गाडी खाद्यान्न र लत्ताकपडा हिल्सा पठाएको थियो । चीनबाट अब इन्धन आयातका लागि पनि छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

सडक यातायात नजोडिएकाले हवाई मार्गबाट माथिल्लो हुम्ला भित्रिने सामग्रीको मूल्य चीनबाट आयात भएकोभन्दा महँगो पर्छ । यी सामग्री हिल्साबाट आयात भएपछि विकास निर्माणका काम गर्नसमेत सहज हुनेछ तर हिमपात नहुँदै हिल्साबाट ती सामग्री सिमकोट भिœयाइसक्नुपर्ने बाध्यता व्यापारीलाई छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
nepalchek2078@gmail.com
sureshpariyar700@gmail.com
danebohara390@gmail.com