सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागी मोबाइल स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । पालिका भित्र रहेका स्वास्थ्यकर्मीका लागी प्रशिक्षक, प्रशिक्षण कार्यक्रम विहिवारबाट सुचारु भएको हो । प्रशिक्षक, प्रशिक्षण कार्यक्रम भने तीन दिनसम्म सञ्चालन हुने भएको छ । मोबाइल स्वास्थ्य कार्यक्रमले, संस्थागत सुत्केरी बढाइ आमा तथा नवजात सिसुको जीवन रक्षा हुने अपेक्षा गरीएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले बताउनुभयो । मोबाइल स्वास्थ्य कार्यक्रमको प्रविधि भित्र्याउनमा कर्णाली प्रदेशका दशवटा जिल्ला मध्ये खार्पुनाथ गाउँपालिका दोश्रो र हुम्ला जिल्लाका ७ वटा गाउँपालिकामा पहिलो भएको संयोजक शाहीले बताउनुभयो ।
विगत ३ वर्ष देखि खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलको पहल र खार्पुनाथ स्वास्थ्य शाखाको प्रयासमा उक्त प्रविधि भित्राउन सफल भएको सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रम पस्चात प्रत्येक महिला स्वास्थ्य स्वास्थ्य स्वयम सेविकाको हातमा कार्यक्रम सहित मोबाइल फोन हुने छ । अब बिस्तारै डिजिटलाईजको दोस्रो चरण खार्पुको स्वास्थ्यमा लागु भै सकेको छ भने अर्को चरणको ब्यग्र उपलब्धिमुलक तयारी गरिरहेको संयोजक शाहीले बताउनुभयो । कार्यक्रमलाई खार्पुनाथ गाउँपालिका भित्राउन सहयोग गर्ने डाक्टर निरज नकर्मि, मेडिकले अफिसर सर पवन बर्नवाल, भिसन केसिलाई खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले धन्यवाद समेत ज्ञापन गरेको छ ।