३३ जना जेष्ठ नागरिकलाई बलाङकेट सहयोग

नेपालचेक समाचारदाता बुधबार, चैत्र १५, २०७९

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेका ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई बलाङकेट वितरण गरिएको छ ।

खार्पुनाथ गाउँपालिका वडा नं ५ मा रहेका वस्तीका ३३ जना जेष्ठ नागरिकलाई वितरण गरिएको वडा अध्यक्ष भरतजंग शाहीले बताउनुभयो । खार्पुनाथ गाउँपालिकाको आर्थिक सहयोग र वडा नं ५ का वडा अध्यक्ष शाहीको पहलमा उक्त वलाङकेट वितरण गरिएको हो ।

हुम्लामा अझै पनि फाट्टफुट्ट हिमपात भइरहेकोले चिसो हुनुका साथै तापक्रम पनि माइनसमा समेत रहेकाले उनिहरुलाई बलाङकेट सहयोग गरिएको वडाध्यक्ष शाहीले बताउनुभयो । यसले गर्दा जेष्ठ नागरीकहरु यो चिसो मौसमको कठ्याग्रिने जाडोमा उनीहरुलाई न्यानो गर्न र चिसोबाट बचाइ दम निमोनिया जस्ता रोगबाट बचाउनका लागी पनि उक्त बलाङकेट वितरण गरिएको वडा अध्यक्ष शाहीले बताउनु भएको हो ।

एक कार्यक्रमको आयोजना गरि ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई फाइवर वलाङकेट वितरण गरिएको हो । औषधी उपचारका लागी वडा र पालिका बाहिर रहेका जेष्ठ नागरिकको हकमा उनिहरुका आफन्त तथा नातेदारलाई वलाङकेट उपलब्ध गराइएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]