सिमकोट । हुम्लाको कर्णाली नदीमा भेटिएको युवकको शव परिचान भएको छ। चार महिना अघि चंखेली गाउँपालिका– ४ स्थित देशीखोला र कर्णाली नदीको दोभान विच फेला परेको शव पुथा उत्तरगङ्गा गाउँपालिका ६ रुकुम पुर्वका २२ वर्षिय संसार घर्ती मगरको शव भएको खुलेको छ।
कर्णाली नदीमा वेवारिसे रूपमा फेला परेको लास रूकुमको संसार घर्तिमगर मृत्यकका आफन्त बिमल बिकले जानकारी दिए ।कर्णाली नदिमा शब भेटिएको सूचान पाएपछि आफु रुकुमबाट तिन दिन लगाएर हुम्लामा आएको र शव हेर्दा संसार घर्तिमगरको रहेको बताए ।
सुचना पाए लगत्तै प्रहरी स्थलमा प्रहरीचौकी मेल्छाम र जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतको टोली पुगेर शव कर्णालीबाट निकालेर नदीको छेउ राखेको थियो।
कर्णाली नदीमा वेवारिसे रूपमा फेला परेको शव पुथा उत्तरगंगा गाउँपालिका–६ रूकुम पुर्वका संसार घर्तिमगरकै आफन्तले स्वीकारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए।
गत मंसिर महिना चंखेली गाउँपालिकाबाट वेपत्ता रहेकाको खोजीकार्य र अनुसुन्धान गर्दा चैत १२ गते कर्णाली नदिको दोभानमा स्थानीय गाउँले माछा मार्ने क्रममा भेटाएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। आफान्तहरू घटना स्थलमा पुगेर शव आफ्नो भन्ने स्वीकार गरेपछि पहिचान भएक छ ।
अब केही बेर सनाखत हुन्छ प्रहरी नायब उपरिक्षक भट्टराईको भनाई छ। जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी निरिक्षक गिता प्रसाद चौधरीको टोली घटनास्थलमै रहेको छ।
वेवता भनिएको संसरा घर्तिमगरको अनुसुन्धान लागि प्रहरीे यस अघिनै तिन युवक र एक जना युवती लाई पक्राउ गरेर अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन ।