सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँगरैथाने बाली खरिदका लागि सम्झौता गरेको छ । गाउँपालिकाले किसानसँग खरिद गर्ने बालीको अन्न र परिमाण खुल्ने गरी दुुई पक्षबीच सम्झौता गरेको हा् ।
सम्झौतामा गाउँपालिकाले खरिद गरेर शाखालाई उपलब्ध गराउनुुपर्ने परिमाण र बालीको प्रकार खुुलाउने कार्य भएको छ । सम्झौतामा लिमिटेडको तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाको तर्फबाट ५ नम्बर वडाका अध्यक्ष कमल छत्यालले हस्ताक्षर गरेका छन् ।
रैथाने बालीको अन्न खरिदका लागि व्यापार कम्पनी शाखा र अदानचुली गाउँपालिकाबीच खाद्यान्न खरिदका लागि सम्झौता भएको लिमिटेड शाखा कार्यालय सिमकोटका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
अदानचुली गाउँपालिकाबाट लिमिटेडले ६ प्रकारका रैथाने बालीका लागि सम्झौता गरेको हो । जसमा पहिलो चरणमा सय क्वीन्टल सिमी प्रतिकेजी १४० रुपैयाँ, मास तीस क्विन्टल प्रतिकेजी १६० रुपैयाँ, अन्य फापर, कोदो, चिना, फापर र कागुुनो बीस क्विन्टल खरिद गर्ने सम्झौता भएको छ ।
चिनो र कागुुनो प्रतिकेजी ६५ रुपैयाँ र फापर ९० रुपैयाँ र कोदो प्रतिकेजी ६० रुपैयाँमा खरिद गर्ने सम्झौता गरिएको छ। लिमिटेडले अदानचुली गाउँपालिकाबाट पहिलो चरणमा १५० क्विन्टल रैथाने बालीको अन्न खरिदका लागि सम्झौता गरिएको शाखा प्रमुख अधिकारीले बताउनुभयो । बालीको प्याकेजिङ गाउँपालिकाले गर्नु पर्नेछ भने काठमाडौंसम्मको ढुवानी लिमिटेडले गर्नेछ ।
उत्पादन बढी हुने भएकाले यी बालीको मूल्य सिमकोट गाउँपालिकाभन्दा १० रुपैयाँ सस्तोमा लिमिटेडले खरिद गर्न पाउनेछ ।
शाखाले यसअघि सिमकोट गाउँपालिकासँग चार किसिमका रैथानले बाली खरिदका लागि सम्झौता गरेको थियो लिमिटेडलाई ढुवानीमा पनि सिमकोटभन्दा सस्तो पर्नेछ ।
सिमकोटबाट सुर्खेत ढुवानी गरेको खाद्यान्नको हवाई ढुवानी प्रतिकेजी ४५ रुपैयाँ तिर्नुपर्छ भने अदानचुली सडक सञ्जाल जोडिएको कारण प्रतिकेजी १२ रुपैयाँमा ढुवानी गर्न पाउनेछ ।स्थानीय रैथाने बालीको प्रवद्र्धन र बजारीकरण गर्न लिमिटेडले खरिद गर्न लागेको हो ।