६३ जनाको निःशुल्क आँखाको शल्याक्रिया

नेपालचेक समाचारदाता बिहिबार, चैत्र ३०, २०७९

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ६३ जनाको मोतियाविन्दु र आँखाको शल्याक्रिया गरिएको हो । २८ पुरुष ३५ जना महिलाको सफल शल्याक्रिया गरिएको हो ।

चैत २८ र २९ गते शिविर सञ्चालन गरेर मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिदिएको हो । दुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४७८ जना विरामीले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो । जसमा २६१ ज्ना पुरुष र २०७ जना महिलाले शिविब्रबाट सेवा लिएको संयोजक ढकालले बताउनुभयो ।

शिविरमा उपचार गर्न पुगेका विरामी मध्ये १९० जनालाई चस्मा समेत निःशुल्क वितरण गरिएको हो । गाउँपालिकामा रहेका आँखाका विरामीले उपचारका लागि तीन,चार दिन लगाएर सदरमुकाम जानु बाध्यतालाई अन्त्य गर्दै गाउँमा शिविरको आयोजना गरि सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसिले बताउनुभयो ।

दुई दिन सञ्चालन भएको आँखा शिविरमा डाक्टर खतिवडाको नेतृत्वमा ११ जनाको समुहले आँखाको सबै विरामको चेकजाच गर्नुका साथै सेवा प्रदान गरेको स्वास्थ्य संयोजक जैसिले बताउनुभयो ।

नेपाल नेत्र ज्योती संघको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र ताँजकोट गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको आयोजनामा निःशुल्क मोतियाविन्दु शल्याक्रिया आँखा शिविर स१चालन भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]