स्याडा गाउँका अति विपन्न तथा कोभिड प्रभावित ५८ घरधुरीलाई राहत सहयोग

बेलुमाया महतारा शुक्रबार, साउन ०१, २०७८

जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर आठ स्याडामा राहत वितरण गरीएको छ । वडा नम्बर आठमा रहेका अति विपन्न तथा कोरोना भाईस कोभिड १९ बाट प्रभावित गरेर ५८ घर परिवारलाई खाद्ययन्न वितरण गरीएको न्यू भिजन चर्च सिमकोटका अगुवा भक्त सुनारले बताए ।

आइ एन नेपालको आर्थिक सहयोगमा र स्याडा चर्चको सहकार्यमा स्याडा गाउँका ५८ घरधुरीलाई २५ केजीका दरले चामल वितरण गरीएको सुनारले जानकारी दिए । कोरोना संक्रमणको समयमा काम गर्न नपाएका अति विपन्न परिवारलाई खाना लाउन समस्या भएको गाउँकै रतन बुढाले बताएपछि उनको पहलमा आज एक कार्यक्रमका विच उक्त राहत वितरण गरीएको छ ।

चर्चले विभिन्न समयमा जिल्लाका अति विपन्न परिवारलाई खाद्ययन्न सामाग्री वितरण गर्दैै आएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]