ताँजकोटमा रनिङ शिल्ड सम्पन्न, प्रथम धर्मोदय(तस्विरमा हेर्नुहोस्)

नेपालचेक समाचारदाता मंगलबार, बैशाख ०५, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

  ताँजाकोट गाउँपालिकामा संचालित राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी धर्मोदय माध्यामिक विद्यालय प्रथम भएको छ । ७ स्वर्ण,१३ रजत र ३ कास्य गरी चन्द्र प्रकास माध्यामिक विद्यालय दितिय भएको छ । ७ स्वर्ण ५ रजत र ९ कास्य सहित जनप्रकास माध्यामिक विद्यालय तृतिय भएको छ भने १ स्वर्ण ३ रजत र ९ कास्य पदक सहित मदनादेव माध्यामिक विद्याय सान्त्वना भएको सोही गाउँपालिकाका अध्यक्ष लालकेस जैसीले बताएका छन् ।

उक्त प्रतियोगिता बैशाख २ गतेबाट सुरु भइ आज एक कार्यक्रमका विच सम्पन्न भएको जानकारी प्राप्त भएको छ । प्रथम, दितिय, तृतिय र सान्तोना हुने विद्यालयका खेलाडीलाई सोही गाउँपालिका अध्यक्ष लालकेश जैसी उपाध्यक्ष सुरेन्द्र थापा लगाएतकाले अतिथिले पुरुष्कार प्रधान गरिएको जानकारी प्राप्त भएको छ । राष्ट्रपति रनिसिल्ड प्रतियोगिताका लागी ताँजाकोट गाउँपालिकामा रहेका ४ वटा मध्यामिक विद्यालयले भाग लिएका थिए ।

जिल्लाका ७ वटै गाउँपालिकाबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा छनौट भएका खेलाडीले अव बैशाख ११ गतेबाट सर्केगाडमा सुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिसिल्डमा भाग लिने भएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]