दश महिनाको विकास खर्च १६ प्रतिशतमात्रै

नेपालचेक समाचारदाता शनिबार, बैशाख ०९, २०८०

सिमकोट । हुम्लाका सातवटा स्थानीय तहको दश महिनामा गरेको विकास खर्च औसतमा २२ प्रतिशत छ । यसले जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू पनि असार पर्खेर बजेट सिध्याउने खेलमा लागेको देखिन्छन ।

स्थानीय तहले संघीय सरकारले प्राप्त गर्ने बित्तिय सामान्यीकरण अन्तरगतको बजेटमा जिल्लाका स्थानीय तहको बजेट सोचे अनुशार खर्च नभएपछि यो वर्षपनि असारे विकासेले निरन्तरता पाउने आँकलन गर्न थालिएको छ ।

चालु आर्थिक वर्षको असार मसान्त सकिन ९० दिन मात्र बाँकी रहँदा विकास जिल्लाको विकास खर्च भनेर चिनिने पुँजिगत खर्च १७ प्रतिशत मात्रै भएको छ । जिल्लाका नाममा संघबाट आएको कूल बजेट ३ अर्ब ५९ करोड ८६ लाख ६० हजार ९ सय ८७ मध्ये १७ प्रतिशत अर्थात ११ करोड ७७ लाख ४० हजार ७ सय ६५ पुँजिगत र चालु तर्फ ६१ प्रतिशत अर्थात १ अर्ब ७९ करोड ११ लाख ४२ हजार ६ सय ८१ रकम खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका अनुसार बजेट खर्च गर्ने स्थानीय तहमा सबैभन्दा अग्रस्थानमा सिमकोट गाउँपालिका छ भने सबैभन्दा पछि चंखेली गाउँपालिका रहेको छ ।
५९ करोड ९७ हजार ४ सय ५ रुपैयाँ ६० पैशा संघीय सरकारबाट बजेट पाएको सिमकोट गाउँपालिकाले वैशाख २ गतेसम्मको रिर्पोट अनुसार पुँजिगततर्फ २३ दशमलव ९० प्रतिशत अथवा ५ करोड ३२ लाख ९७ हजार ८ सय ४९ रुपैयाँ खर्च भएको छ ।

यसैगरी चालुतर्फ २० करोड ५६ हजार ९ सय ६४ रुपैयाँ अर्थात ५६ दशमलव १७ प्रतिशत खर्च भएको छ । यसैगरी २७ करोड ६९ लाख ४१ हजार ४ सय ३१ रुपैयाँ ४० पैशा संघीय सरकारबाट बजेट प्राप्त गरेको चंखेलीले पूजिँगततर्फ ८ दशमलव ९९ अर्थात १ करोड १ लाख २५ हजार रकम खर्च भएको छ । भने चालुतर्फ २० दशमलव ६४ प्रतिशत अर्थात ४ करोड १३ लाख ४८ हजार ४ सय ८ रुपैयाँ ५२ पैशा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्ययले जानकारी दिनुभयो ।

अहिलेसम्म बजेट खर्च गर्ने गाउँपालिकामध्ये बढि रकम खर्चिने दोस्रोमा ताँजकोटले ४३ दशमलव ३९ प्रतिशत, तेस्रोमा खार्पुनाथले ३८ दशमलव ९८ प्रतिशत, चौथोमा नाम्खाले ३१ दशमलव ७६ प्रतिशत, पाँचौंमा सर्केगाडले २९ दशमलव ३६ प्रतशित र छैटौमा अदानचुलीले २७ दशमलव ३९ प्रतिशत रकम खर्चगरेको छ ।

पुँजिगत तर्फ सबै भन्दा कम बजेट खर्च हुनेमा भने अदानचुली गाउँपालिका हरेको छ । अदानचुलीले पुँजिगततर्फ ६ दशमलव ६३ प्रतिशत अथवा ५६ लाख ५३ हजार ३ सय ८८ रुपैयाँ खर्च भएको छ । यसको तुलनामा चालुतर्फको खर्च ६ गुणा बढि छ । जस अनुसार ७ करोड २ लाख ६ हजार ३ सय ५७ रुपैयाँ रकम मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।

आर्थिक वर्षको अन्तिम महिना, त्यसमा पनि अन्तिम साता विकास बजेटको ठूलो हिस्सा खर्च गर्ने प्रवृत्ति उहि पुरानै रोग निम्ताएको छ ।

संघीयता कार्यान्वयनमा आइसकेपछि कम्तीमा स्थानीय सरकारमा यो प्रवृत्ति दोहोरिंदैन भन्ने अपेक्षा थियो । तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्पन्न भइसक्दा पनि स्थानीय सरकारहरू संघीय सरकारकै बाटोमा हिंडिरहेका देखिन्छ । त्यसमा पनि सबैभन्दा धेरै विकास बजेट खर्च गर्ने जिम्मेवारी पाएका पालिकाहरूमा यो प्रवृत्ति मौलाएको छ ।

गाउँपालिकाको बजेटको आकार र खर्च गर्ने अधिकारको रूपमा शक्तिशाली छन् । तर, विनियोजन दक्षता र कार्यान्वयन क्षमताका दृष्टिकोणबाट भने उनीहरू कमजोर देखिएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]