तनहुँमा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

नेपालचेक समाचारदाता सोमबार, बैशाख ११, २०८०

तनहुँ  आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् ।

गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ७ बजेसम्म १० हजार ६३८ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले  पाँच हजार ९  सय मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार ६ सय ८७ र नेकपा एमालेका सर्वेन्द्र खनालले एक हजार ६ सय ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]