रोगब्याधी हटाउन राँगोको बलि

नेपालचेक समाचारदाता सोमबार, बैशाख ११, २०८०

सिमकोट । रोगब्याथी हटाउन भन्दै हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा राँगाको बलि दिइएको छ ।

खेतमा लगाइएको बालीनाली राम्रो होस् र पछिल्लो समय फैलिएको रोगब्याधी हटाउन अदानचुलीको श्रीनगरमा राँगाको बलि दिइएको हो । वर्षभरि फैलिएको रोगब्याधी हटाउन र अन्न उत्पादन राम्रो होस भन्ने हेतुुले पौराणिक मान्यतासाथ राँगोलाई श्रीनगरका गाउँ घुमाउँदै बलि दिइएको मोहनसिंह बुढाले बताउनुभयो ।

परम्पराअनुसार माझखाडाबाट सुरु गरी भण्डारी गाउँ, फडेरागाउँ हुँदै रोकाया गाउँ घुमाउदै राँगाको ढाडमा रातोमाटो ढटेलोको झुप्रा हान्दै खेदेर बलि चढाउने स्थानमा बलि दिएको बुढाले जानकारी दिनुभयो ।

उक्त बलि दिने ठाउँमा पुर्याउनुअघि भण्डारी गाउँमा रहेको कालेको देवालयमा नाक, कान काटी श्रीनगरका भण्डारी गाउँ, बुढागाउँ, साउबाडा, फडेरा गाउँ, रोकायागाउँ घुमाउँदै बलि दिइन्छ ।

बलि दिनुअघि राँगोको ढाडमा हान्ने काँडाको झुप्रा सिङमा बाँध्ने विभिन्न अन्न राखिएको कपडामा आफ्नो घरमा घुमाई रागोसँगै चौबाटोमा फाल्ने प्रचलन छ । यसले गर्दा गाउँमा फैलिएको रोग भोक तथा अनिष्ट अन्त्य हुने मान्यता रहेको छ ।

सबै गाउँबाट जम्मा भएका स्थानीय युवाले हातमा तरवार खुँडाजस्ता हतियार लिएर लाइनमा उक्त राँगाको बलि दिएका हुन् । राँगो हान्ने र काले देवताको पूजाको रुप लिई बलि दिएमा समाजमा रोगदेखि भोकसम्मको कष्ट हरण हुने मष्टो देवताका पुजारीसमेत रहेका अदानचसली २ का सौर्य बुढाले जानकारी दिनुभयो ।

परापूर्व कालदेखि नै डाँडाको मदानले वर्षा पार्ने र थाम्ने काम खोलाको कालेले सबै कष्ट हट्ने विश्वासका आधारमा राँगाको बलि दिने गरिएको हो । स्थानीय नागरिकले राँगो खरिदका लागि सबै घरधुरीबाट रकम उठाउने गरिन्छ ।

यस्ले गर्दा गाउँमा फैलिएको रोगभोक तथा अनिष्टको अन्य हुने धार्मिक विश्वास रहेको छ । परापूर्वकाल देखि नै राँगाको बली स्थानमा गाउँका सबै नागररीकको उपस्थिती रहने गर्छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]