वडा पाँचका प्रत्येक घरधुरीलाई तरकारी बिउ वितरण

नेपालचेक समाचारदाता सोमबार, बैशाख ११, २०८०

सिमकोट । हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचका प्रत्येक घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ ।

वडा– ५ किसान व्यवसायीक रुपमा तरकारी खेती गर्न आक्रशित होउन भन्ने हेतुले बीउ वितरण गरिएको हो । सबै घरधुरीलाई आयआर्जनमा बृद्धि गर्न तरकारीका किट सहयोग गरेको वडाध्यक्ष भरतजङ शाहीले बताउनुभयो । वडाध्ध्यक्ष शाहीले वडा भित्रका सबै ३६३ घरधुरीलाई सात प्रकारका उन्नत तरकारीका बीउ वितरण गरिएको बताउनुभयो ।

स्थानीयलाई राजस्वको दायरामा ल्याउनका लागि वडामा वितरण गरिएका सातै प्रकारका बीउका लागि वडाले दश रुपियाँ लिएको वडाध्यक्ष शाहीले बताउनुभयो । बीउहरुमा काउली, बन्दा, टमाटर, गाँजर, मुला धनियाँ र साग रहेका छन् ।

वडावासीको स्वास्थ्यमा सुधार ल्याउन र व्यवसायीक तरकारी खेतीबाट आम्दानी बढाउन पनि तरकारीको बीउ वितरण गर्ने कार्यक्रम राखि वितरण गरिएको जनाइएको छ । उक्त वडाबाट सदरमुुकाम सिमकोटमा समेत तरकारी आपुर्ती हुने गर्छ । बजारको मागलाई समेत ध्यानमा राखि वडाले तरकारी बीउ बितरण गरेको हो ।

वडाध्यक्ष शाहीले विभिन्न समयमा आफ्ना वडाबासीलाई आवश्यकता अनुसार बलान्केट, खाद्यन्न लगायत सहयोग गर्दै आउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]