सिमकोट । आर्थिक वर्षको अन्त्य हुनै लाग्दा हुम्लाको राष्ट्रिय बाणिज्य बैँकमा ३० करोड रुपैयाँ आई पुगेको छ । जिल्लाका सात वटा गउाँपालिका र अन्य विकासे कार्यालय मार्फत सन्चालन भएका योजनाहरुको अवस्था हेरि बैँकमा रकमको आवश्यक्ता पर्ने भएपछि आज सोमबार मात्रै ३० करोड रुपैयाँ आई पुगेको हो ।
हुम्लामा हवाईजहाज कहिलेकाँकी आउने भएकोले बैँकले समयमै रुपैयाँ माग गरेको छ । सामबार नोपलगन्जमा रहेको राष्ट्रय बैँकबाट हुम्लाका लागि समिट एयरले चार्टर गरेको छ । हुम्लामा नियामित हवाई सेवा सुचारु नहुँदा लामो समयपछि हुम्लामा रहेका बैँकमा सेवाग्राहीको भिडभाड देखिन थालेको भए पनि अवदेखि सहज हुने भएको बताइएको छ ।
वर्षभरिको योजना तीन पटक निकासा हुने भएकाले हुम्लामा पैसा अभाव हुन नदिन राष्ट्रिय वाणिज्य बैंकबाट रकम चाटर गरिएको बैँक शाखाका सहायक प्रबन्धक मानबहादुर शाहीले बताउनु भयो । शाहीका अनुसार नेपालगञ्जदेखि तारा एयरले ल्याउने भनेपनि क्यानसिल भएपछि समिट एयरले रकम चाटर गरेको बताए ।
एक चाटरमा ३० करोड नेपाली रुपैयाँ ल्याइएको राष्ट्रिय बैंक शाखा कार्यालय हुम्लाले जनाएको छ । सहायक प्रवन्धक शाहीले सो रकम अपुग भएमा पुनः तत्काल थप रकम माग गरि चार्टर गर्ने बताउउनु भएको छ ।