चीनसँग सिमा जोडिएको जिल्लाको उत्तरी हिल्साको प्रवेश गेट चौथो पटक उद्घाटन कार्यक्रम स्थगीत भएको छ । हिल्सामा प्रवेश गेटको निर्माण कार्य सम्पन्न भएर दुई जना मन्त्री उद्घाटनका लागी हुम्ला आउने कार्यक्रम तय गरीएको भएपनि मुख्यमन्त्रीको निर्देशनमा हुम्ला आउने कार्यक्रम स्थगीत भएको जानकारी प्राप्त भएको छ ।
प्रवेशद्धाराको उद्घाटन गर्नका लागी कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढा, र भौतिक पूर्वधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापा आउने कार्यक्रम तय गरीएको भएपनि मुख्यमन्त्रीको कारण स्थगित भएको बताइएको छ ।
हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले अनुमति दिएको भएपनि मुख्यमन्त्रीले हुम्ला नजान भनेपछि हुम्ला नआएको बताइएको छ ।
मन्त्रीहरु सम्मीलित हुनु पर्ने साउन ३ गते सुर्खेतमा कार्यक्रम तय भएकोले मुख्यमन्त्रीले मन्त्रीलाई नजान निर्देशन दिएका हुन । यसअघि पनि पटक पटक मन्त्री बुढा सो कार्यका लागि हुम्ला आउन खोजेका थिए ।
हेलिकोप्टरमा आउन लागेको मन्त्रीको टोली सिमकोटबाट हिल्सा जाने कार्यक्रम भएको थियो । कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा प्रबेशद्धार निर्माण भएको हो । मन्त्रीको टोली एक रात जिल्लामै बस्ने तय भएको थियो । ७५ लाखमा सीमा प्रवेश द्धार निर्माण सम्पन्न भएको थियो । हेलिकोप्टले हिल्साका लागि दुई उडान भर्ने व्यवस्थाका लागि तयारी भई रहेको छ ।