अविरल वर्षा र असिना पानीले रु तीस लाखको क्षति

छपाल लामा शुक्रबार, जेठ १२, २०८०

सिमकोट । दुई दिनको लगातारको अविरल वर्षा र असिना पानीले रु तीस लाख बराबरको क्षति भएको छ । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका-३ मेखला गाउँमा बिहिवार परेको वर्षासँगैको असिना पानीले खेतबारीमा रहेको गहुँ बालीमा क्षति पुर्याएको हो । मेखाला गाउँका स्थानीयले खेतमा लगाएको गहुँ बाली घर भित्र्याउने समयमा अविरलको वर्षाले क्षति पुर्याएको हो ।

करिब पचास घरधुरीले केही घरको छतमा सुकाएर राखेको , केही खेतमा रहेको गहुँ, जौ, मकै र आलु लगायतको अन्नबाली नष्ट भएको मेल्छाम प्रहरी चौकीलाई उद्वित गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।

नजिकै रहेको प्रहरी चौकीको टोलीले क्षति पुर्याएको स्थानमा पुगेर स्थलगत मुचुल्का गर्दा रु ३० लाख ८० हजार बराबरको क्षेति पुगेको हो ।

घरमा ल्यनइसकेको गहुँ, जौ र घर ल्याउने तयारीमा रहेको अन्नबालीमा क्षति पुग्दा किसान चिन्तित बनेका छन् ।

जेठासी बालीमा यसरी क्षति पुग्दा थप समस्या हुने भएको छ । कहिले खडेरी त कहिले अविरल वर्षा र असिना पानीले किसानले लगायको अन्नबालीमा वर्षेनी क्षति पुर्याउदै आएको छ । घर पुर्याउन लागेको बालीमा यसरी क्षति पार्दा भोकमरी हुने भएको भन्दै किसान चिन्तित बनेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]