सिमकोट । कर्णाली कोरिडोरमा पहिलो पटक शुरु भएको रोड रेश २०८० को उपाधी जुम्लाका सेरबहादुर अधिकारीले जितेका छन् ।
कर्णाली कोरिडोरलाई गुणस्तर बनाउन सरोकारवाला निकायको ध्यान केन्द्रीत गर्न र हुम्लामा पनि गाडीमा जान सकिन्छ भन्ने सन्देश फैलाउन आयोजना गरिएको प्रथम कर्णाली करिडोर म्याराथुन २०८० मा अन्य प्रतियोगिलाई पछि पार्दै अधिकारीले उपाधी वितेका हुन् ।
सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाको सिमाना सलिसल्लादेखि सर्केगाडसम्मको ९ किलोमिटर दुरी अधिकारीले ३७ मिनेट ४८ सेकेण्डमा पूरा गरेर उपाधी जितेका हुन् ।
म्याराथुनमा जुम्लाकै प्रकाश कठायत दोस्रो भएको आयोजक रोयल गैरी साँया युवाक्ल्वका सचिव कविन्द्र शाहीले बताउनुभयो । उहाँका अनुसार निर्धारित दुरी ३७ मिनेट ४९ सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा हुम्लाका सर्जन रावल तेस्रो भएका छन् । उहाँले निर्धारित दुरी ३९ मिनेट ५५ सेकेन्डमा पूरा गरेका छन् ।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र ५ हजार रुपैयाँसँगै प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिएको छ । २१ जनाको सहभागिता रहेको रोड रेसको उद्घाटन कर्णाली प्रदेश खेलकुद परिसद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालले गर्नुभएको थियो ।
कर्णाली प्रदेश खेलकुद परिसद् र सर्केगाड गाउँपालिका प्रायोजक रहेको म्याराथुनलाई तेस्रो धुर्व संरक्षण, रुफट फाउन्डेसन, कर्णाली फुडल्यान्ड र श्रेया कन्स्ट्रक्सनले सहयोग गरेका थिए ।