सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ स्थित डाँडाफयाकी १६ वर्षीया परेउकला शाहीले आत्म हत्या गरेकी छन् ।
गएको सोमबार साँझ कैलाश माध्यामिक विद्यालय डाँडाफयामा कक्षा ९ मा अध्यायनरत किशोरीले डोरीको पासो लगाएर आत्म हत्या गरेकी हुन् ।
घरमा सामान्य विवाद भएको भन्दै किसोरीले साँझ पखको समयमा थाया गाउँ नजिकैको जंगलमा गए र सल्लाको रुखमा झुण्डिीएर आत्म हत्या गरेको खवर बाहिरीएको छ । घटनाका विषयमा प्रहरी नायव उपरिक्षक भिमलाल भटराईलाई बुझ्दा प्रहरीमा कुनै जानकारी नआएको बताउनु भएको छ ।
आत्म हत्या गरिएकी कसोरीको भने मंगलबार नै धार्मिक परमपरा अनुसार दाहासंस्कार गरिएको खवर प्रापत् भएको छ । त्यसै गरि एक महिना अघि मात्रै सोही गाउँकी एक किसोरीले पनि विष सेवान गरेर आत्म हत्या गरेकी थिइन ।